२३ मंसिर २०७० | 8 December 2013

अभिलेख जोगाउन कार्यशाला

Share:
  
मदन पुरस्कार पुस्तकालयले नेपालका अनमोल अभिलेखहरूको संरक्षणमा सहयोग पुर्‍याउने महत्वपूर्ण अवसर जुटाएको छ।

नेपालमा कागजजन्य ऐतिहासिक अभिलेख र दस्तावेज जति धेरै छन्, त्यसलाई जोगाउने विधा जानेको जनशक्ति त्यति नै न्यून। राष्ट्रिय अभिलेखालय, राष्ट्रिय पुस्तकालय, त्रिवि पुस्तकालय जस्ता ठाउँमा न पुस्तक र महत्वपूर्ण दस्तावेज संरक्षण गर्ने विभाग छन् न त संरक्षणविद्। यही कुरालाई ध्यानमा राखेर मदन पुरस्कार पुस्तकालय (मपुपु) ले चार वर्षदेखि गर्न खोजेको कागजजन्य अभिलेख संरक्षण कार्यशालाले अहिले मूर्तरूप लिएको छ। मपुपुले जापानका तीन जना संरक्षणविद् बोलाएर तीन साता लामो डकुमेन्ट कन्जरभेसन वर्कशप संचालन गरिरहेको छ।

९ मंसीरबाट चलेको यो कार्यशालामा राष्ट्रिय अभिलेखालय, राष्ट्रिय पुस्तकालय, त्रिवि पुस्तकालय लगायत राजधानीका विभिन्न पुस्तकालयका १७ प्रशिक्षार्थी सहभागी छन्। उनीहरूले पुराना अभिलेख र पुस्तकहरूलाई जस्ताको तस्तै राख्ने कन्जरभेसन विधि र शिलालेखको विषयवस्तुलाई डिजिटलाइजेसन र माइक्रोफिल्मिङ विधिबाट प्रिजर्भेसन गर्ने तालीम लिइरहेका छन्। प्रशिक्षकमा गाकुसुइन युनिभर्सिटीका लेक्चरर तथा नेशनल लाइब्रेरी अफ जापानका पूर्व उपप्रमुख आकियो यासुए, नेशनल लाइब्रेरी अफ जापानमै लामो समय काम गरेका संरक्षणविद् मासाकाजु कुबा र नाओको टाकागी छन्। मपुपुका निर्देशक समिक मिश्र भन्छन्, “हाम्रो सन्दर्भमा यस्तो तालीमलाई दुर्लभ अवसर भन्नुपर्छ।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम