२३ मंसिर २०७० | 8 December 2013

अस्ताए सारंगीका जंगबहादुर

Share:
  

नेपालका एक व्यावसायिक सारंगीवादक जंगबहादुर गन्धर्व ६४ वर्षको उमेरमा १० मंसीरमा दिवंगत भएका छन्। दाङ घर भएका उनी स्टिलको सारंगी बजाउने प्रवृत्तिको सख्त विरोधी थिए। उनले वनमा फुल्यो फूलैफूल..., लालुपाते नुह्यो भुईंतिर..., ड्राइभर दाइलाई शासन, माया सलल जाऔं हिंड रेलैमा... लगायत सयौं लोकप्रिय गीतमा काठको परम्परागत सारंगीको धुन भरेका छन् भने च्यान्टी मोरीले..., गाई चर्‍यो राप्तीको वनमा..., औंठी पित्तल... लगायत आधा दर्जन गीत गाएका पनि छन्। संगीतकार नारायण रायमाझी लोक तथा आधुनिक नेपाली गीतमा सिद्धहस्त सारंगीवादक मानिने जंगबहादुरको निधनबाट मौलिक नेपाली सारंगी वादनको क्षेत्रले ठूलो क्षति बेहोरेको बताउँछन्। जंगबहादुरका श्रीमती, दुई छोरा र तीन छोरी छन्।

comments powered by Disqus

रमझम