२३ मंसिर २०७० | 8 December 2013

रेडमगमा आलाक्यु

Share:
  

९ वर्ष अबुधाबीको नेशनल होटलमा काम गरेर फर्किएका रेवतचन्द्र भण्डारी अहिले आफैं कमाउ व्यवसायी बनेका छन्, दमकमा रेडमग हस्पिटालिटी प्रालि खोलेर। चाइनिज, इटालियन, इन्डियन र कन्टिनेन्टल परिकार पाइने उनको रेडमग एक वर्षमा नै चल्तीको रेस्टुरेन्ट भइसकेको छ। तीन महीनाअघि बिर्तामोडमा रेडमगको शाखा खुल्नुले भण्डारीको व्यावसायिक प्रगति देखाउँछ। उनी भन्छन्, “खानाका पारखीहरूलाई सफा वातावरणमा गतिलो खान्कीले खुशी बनाएर औसतभन्दा दुई पैसा बढी दाम लिने उपक्रम राम्रै गरी अगाडि बढेको छ।”

रेवतचन्द्र भण्डारी

रेडमगको सबभन्दा चल्तीको आइटम चिकेन आलाक्यु हो। मरमसला भरिएको कुखुराको छातीलाई मन्द आगोमा राखेर तयार गरिने चिकेन आलाक्यु फ्रेेञ्चफ्राईको साथमा पस्किइन्छ। तिल मिसाइएको कुखुराको मासुको टुक्रालाई तिलकै तेलमा फुराएर बनाइने चिकेन सामसुङ रेडमगको चिनियाँ स्वाद हो। सिजलर लगायत अनेक स्वाद पस्किरहेको रेडमग पूर्व–पश्चिम राजमार्गको दमक चोकमै रहे पनि पार्किङको कुनै चिन्ता छैन।

रेडमगको मेनु

चिकेन आलाक्यु रु.४००

पिस ससेज रु.२२०

मन्चुरिया रु.२३०

मटन ककलेट रु.२५०

चिकेन सामसुङ रु.३२०

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम