४ मंसीरको संविधानसभा निर्वाचन अघि र पछि संचारकर्मीहरू पनि दलका नेता–कार्यकर्ताको गतिविधिसँगै व्यस्त रहे। निर्वाचन प्रक्रिया सम्बन्धी पछिल्लो जानकारी पाठक–श्रोता–दर्शक समक्ष पुर्याउन श्रव्य–दृश्य, छापा र अनलाइनदेखि फोटोपत्रकारसम्मको उल्लेख्य भूमिका रह्यो। मतगणना शुरू भएपछि त झ्ान् जनमानसमा जागेको सूचनाको भोक मेटाउन सञ्चारकर्मीहरू दिनरात खटे। यसक्रममा २४ घण्टे प्रत्यक्ष प्रसारणमा रहेका टेलिभिजनकर्मीहरू आफ्नो माध्यमको प्राविधिक जटिलताका कारण पनि बढी दबाबमा रहे।
पत्रकारिताका अरू माध्यमभन्दा टीभी प्राविधिक रूपमा बढी जटिल हुन्छ। रेडियोमा राम्रो बोल्दा र छापामाध्यममा राम्रो लेख्दा पुग्छ, तर टेलिभिजनमा राम्रो देखिनु पनि पर्छ। राम्रो स्त्रि्कप्टलाई मोहक ढंगले पढ्दा हाउभाउले समेत साथ दिनुपर्छ। त्यसमाथि, विना स्त्रि्कप्ट 'अन एअर' हुनलाई विषयमाथि राम्रो ज्ञान र आत्मविश्वास चाहिन्छ। यस पटकको निर्वाचन अवधिमा घर–घरका टेलिभिजन स्त्रि्कनमा देखिएका टीभीकर्मीहरू यसमा उम्दा देखिए। केही अपवादबाहेक सबै प्रस्तोता मुखजुवानी (मुखाग्र) तथ्य–तथ्याङ्कका साथ विश्लेषणात्मक सूचना प्रवाहमा अब्बल देखिए। टेलिभिजन स्टेशनहरूबीच चलेको प्रस्तुति स्पर्धा पनि हेर्नलायक रह्यो।
दर्शकलाई दृश्यसहित सबभन्दा पछिल्लो र सटिक जानकारी दिन टीभीकर्मी 'स्पट' मा पुगेर मात्र हुँदैन, त्यसलाई प्रस्तुत गर्नेहरूले धेरै अनुसन्धान पनि गरेको हुनुपर्छ। ७५ जिल्लाका २४० क्षेत्रका उम्मेदवार र मुख्य प्रतिस्पर्धीहरूको अवस्थालाई अघिल्लो निर्वाचन परिणामको तथ्याङ्कसँग जोडेर विश्लेषण गर्न पछिल्लो पुस्ताका हाम्रा टेलिभिजनकर्मीहरू सक्षम देखिए। केही टीभीलाई तिनका प्रस्तुतिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरण सोध्नेदेखि प्रसारण बन्द गराउनेसम्मको चेतावनी दिनुपरे पनि अधिकांश स्टेशनका प्रस्तोताले निर्वाचनका समाचार, अन्तर्वार्ता लगायतका सामग्रीमा स्वतन्त्रता, निष्पक्षतासँगै पेशागत दक्षता देखाए। हिमाल ले कुरा गरेका आठ जना टीभी रिपोर्टर, समाचार सम्पादक र प्रस्तोताहरूले पेशागत जिम्मेवारी र चुनौती पूरा गर्न निकै मिहिनेत गरेको बताए। यस पटकको निर्वाचनले 'रिसर्च' मा खर्च नगर्ने टेलिभिजन र अध्ययन नगर्ने पत्रकारहरूलाई आफ्नो बानी सुधार्न पनि सिकाएको उनीहरूले बताए।
पेशागत दबाबका बीच यो परिपक्वता हासिल गर्ने क्रममा उनीहरूले निश्चय नै थुप्रै संस्थागत र व्यक्तिगत व्यवस्थापकीय कठिनाइको सामना गर्नुपर्यो। कतिका लागि निर्वाचनको 'कभरेज' रोमाञ्चक र अविस्मरणीय रह्यो। पहिले टेलिफोनबाट आवाज मात्रै दिने जिल्लास्थित रिपोर्टरहरू यस पटक स्काइप लगायतका प्रविधिबाट प्रत्यक्ष प्रसारणमा आए। जिल्ला–जिल्लामा खटेका टेलिभिजन टीमले दर्जनौं दलका अनेक उम्मेदवारबाट आफ्नो कुरा प्रसारणको दबाब खेपे। तथापि टेलिभिजन प्रस्तोताहरूको दिनरातको कभरेजले देखाउँथ्यो यो पटकको चुनाव नेपाली टेलिभिजनहरुलाई परिपक्व बनाउन समेत सहायक भएको छ।
चार वर्षदेखि एभेन्यूज टीभीमा छु। मतगणनाको समयमा रातभरि टेलिभिजन स्त्रि्कनमा बोलिरहनु रोमाञ्चक र चुनौतीपूर्ण त थियो नै नयाँ स्टुडियो बन्दै गरेको समय परेकोले उभिएको उभियै हुँदा खुट्टा गलेर हैरान भयो। र पनि, पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ आफ्नो ब्रह्मबाट निर्देशित भएर काम गरियो। निर्वाचन अघि र पछिका करीब दुई साता अफिस नै घर भयो। यस्तो प्रेसरमा टेलिभिजन स्त्रि्कनमा अनवरत बोलिरहनु रोमाञ्चक र चुनौतीपूर्ण भन्दा बढी बोझ्िालो थियो।
एफएमबाट आएको म २०६६ सालदेखि कान्तिपुर टेलिभिजनमा छु। निर्वाचनताका बेलुकी ६ देखि बिहान ६ बजेसम्म काम गरियो। हतारमा तत्कालै समाचार बनाएर 'अन एअर' हुँदा नौलो अनुभव भयो। दत्तचित्त भएर काम गर्दा गत निर्वाचनको परिणाम, अहिलेका निर्वाचन क्षेत्र, उम्मेदवार, संविधानसभा गठन र संविधान निर्माण प्रक्रिया लगायतका कुराहरू कण्ठै भए। टीभीकर्मीहरूले आफ्नो दलीय आस्था स्त्रि्कनमा नदेखाउनुलाई म हाम्रो पत्रकारिताको उपलब्धि ठान्छु। अपवाद त जहाँ पनि हुन्छ।
मैले पत्रकारिता गरेको १० वर्ष भयो। पाँच वर्षदेखि कान्तिपुर टीभीमा छु। संविधानसभा निर्वाचनको 'कभरेज' मेरा लागि जति चुनौतीपूर्ण रह्यो त्यत्ति नै रोमाञ्चक पनि। दर्शक आफैं धेरै जानकार भएकाले हामी चुनौतीमा थियौं। जनताको अपेक्षा र चाहना जोडिएको निर्वाचनमा विल्कुलै स्वतन्त्र रहेर समाचार प्रवाह गर्न पाउनु आफैंमा रोमाञ्चक थियो। तर, मेरो बोली मेरो मात्र नभएर टेलिभिजन स्टेसनकै आवाज भएकाले काम सजिलो थिएन। यो प्रतिस्पर्धामा कतिले कमजोरी देखाए, तर समग्र नेपाली टीभी पत्रकारिताले दक्षिण एशियाली स्तर कायम गर्यो।
पत्रकार भएको ६ वर्षमा चार वर्षदेखि न्यूज २४ मा छु। बीचको दुई वर्ष स्टार एफएम र एभेन्यूज टीभीमा काम गरें। संविधानसभा निर्वाचनको दौरानमा धेरै कुरा सिक्ने मौका पाइयो। सँगसँगै धेरै जिम्मेवारीबोध पनि भयो। चुनावमा धेरै दल रहेको र एकदमै रफ्तारमा काम गर्दा कहिलेकाहीं उम्मेदवारहरूको नाममा अलमल हुन्थ्यो। र पनि, जिम्मेवारीपूर्वक काम गरियो, अनुभव बटुलियो र शायद टेलिभिजन पत्रकारितामा परिपक्वता पनि आर्जन गरियो।
सात वर्षको छापा पत्रकारितापछि एभेन्यूज र न्यूज २४ हुँदै अहिले माउन्टेन टेलिभिजनमा आवद्ध छु। आफूहरू पछि पर्दै गएपछि मध्यरातमा केही नेताले मतगणना प्रक्रियाको विरोध गर्दा आश्चर्यचकित हुँदै काम गरियो। शहरकेन्द्रित टेलिभिजनका कतिपय प्रस्तोताले कर्णालीलाई जिल्ला भन्नेदेखि झ्ाापामा हुँदै नभएको क्षेत्र नम्बर ८ भन्नेसम्मका त्रुटि गरे। त्यस कारण पनि प्रस्तुतिलाई परिपक्व र तथ्यपरक बनाउन स्टुडियो छिर्नुअघि अध्ययन गर्ने बानी बस्यो। अधिकांश टेलिभिजनकर्मी २०६४ को संविधानसभा निर्वाचनको अनुभव लिइसकेका भएकाले पनि प्रस्तुतिमा परिपक्वता देखिएको जस्तो लाग्छ।
छापा पत्रकारितापछि क्यापिटल एफएम, तराई टीभी र सगरमाथा टीभीहुँदै तीन वर्षदेखि इमेज च्यानलमा छु। यसपटक निर्वाचनमा पहाड–तराईका धेरै जिल्ला पुगें। चितवन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा रहेका एमाओवादी उम्मेदवार चित्रबहादुर श्रेष्ठलाई एक मतदाताले 'तपाईं फेरि हामीलाई झुक्याउन आइपुग्नुभो?' भनेको मेरा लागि अविस्मरणीय अनुभव रह्यो। श्रेष्ठले हात जोडेर 'एक पटकलाई माफ रहोस्' भन्दै विनम्रतापूर्वक भोट मागे। यसपाला टीभीहरूको निर्वाचन कभरेज अगाडिको भन्दा व्यापक र स्तरीय रह्यो।
२०५९ देखि नेपाल टेलिभिजनमा समाचार वाचन, रिपोर्टिङ र सम्पादनमा छु। कामको तयारीमा अघिल्लो निर्वाचन परिणामको अध्ययन गर्नै पर्यो। धेरै मिहिनेत गरे पनि अन एअर हुँदा कहिलेकाहीं तथ्याङ्कहरूमा अलमल हुन्थ्यो। टीभीहरूको प्रतिस्पर्धामा कतिले गलत सूचना पनि दिए। त्यो देख्दा आफूबाट त्यस्तो नहोस् भनेर 'रि चेक' गरियो, थप अपडेट भइयो। बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म काम गर्दा पनि गलेको महसूस भएन। भोक बिर्सेर काम गर्दा एक किसिमको आनन्द महसूस हुन्थ्यो।
२०५४ सालमा साप्ताहिक विमर्श बाट पत्रकारिता शुरू गरेर मेट्रो एफएम र इमेज च्यानलहुँदै अहिले सगरमाथा टीभीमा छु। निर्वाचनअघिको एक सातासम्म त चुनाव हुने/नहुने अन्योलमा हामी बहिष्कारवादीको धाकधम्की र नेताहरूको भाषणमै बहकियौं। त्यसले गर्दा चाहिने जति अध्ययन–अपडेट हुन नसके जस्तो लाग्छ। र पनि, समग्रमा हाम्रो 'कभरेज' कमजोर रहेन भन्ने लाग्छ। निर्वाचनको बिहान भोटेबहालमा बहिष्कारवादीको बममा परेर हात उछिट्टिएको ८ वर्षीय सुमित खड्गीको दृश्य हेर्दै समाचार वाचन गर्नु पर्दा 'अन एयर'मै रुन्छु कि जस्तो लागेको थियो।