३० मंसिर २०७० | 15 December 2013

मौसम पर्वतीय फिल्मको

Share:
  

२६–३० मंसीरमा राजधानीमा हुने 'काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)' २०१३ का लागि २० देशका ४७ फिल्म (डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक) छनोट गरिएको छ। हिमाल एसोसिएसनको वार्षिक किम्फमा विशेषगरी पर्वतीय क्षेत्रको जनजीवन, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन्। राष्ट्रिय सभागृहमा हुने किम्फका फिल्महरूलाई यसपालि पनि अन्तर्राष्ट्रिय र नेपाल पानोरामा प्रतियोगितात्मक वर्गमा छुट्याइएको छ।

हेलिकोप्टर रेस्क्यु अन द हिमालया।

महोत्सवको उद्घाटन सहारा शर्माद्वारा निर्देशित नेपाली फिक्सन 'इन्द्रेणी खोज्दै जाँदा' (चेजिङ रेन्बोज) बाट हुनेछ। यो फिल्ममा सपना पूरा गर्न काठमाडौं आएका तीन दाजुबहिनीको कथा छ। किम्फले 'नेपाल पानोरामा' अन्तर्गत नेपाली फिल्महरू प्रदर्शन गर्न थालेको पाँच वर्षको अवधिमा नेपाली फिल्मकर्मीहरूले विषय छनोट र प्रस्तुतिमा निकै उन्नति गरेको बताउने आयोजक संस्थाका अध्यक्ष वसन्त थापा भन्छन्, “महोत्सवको उद्घाटन नै नेपाली महिला निर्देशकको फिल्मबाट हुन लागेकोमा हामी उत्साहित छौं।”

वियोन द गेट्स अफ फू।

किम्फको समापन चाहिं क्याप्टेन जोहन नोयलको डकुमेन्ट्री 'द इपिक अफ एभरेस्ट' को विशेष प्रदर्शनीबाट गरिनेछ। यस फिल्मलाई ब्रिटिश फिल्म इन्ष्टिच्युटले पुनरुद्धार गरी यसै साल बेलायतमा सार्वजनिक प्रदर्शन गरेको थियो। यो डकुमेन्ट्रीमा सन् १९२४ को जर्ज म्यालरी–एण्ड्रू इर्भिन सगरमाथा अभियानका दृश्यहरू समावेश छन्। यसपालिको किम्फमा तीन सदस्यीय जुरीबाट छानिने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका प्रथम, द्वितीय र तृतीयले क्रमशः १५००, १००० र ५०० अमेरिकी डलर पुरस्कार पाउने छन्। यसैगरी, नेपाल पानोरामाको उत्कृष्ट डकुमेन्ट्री र उत्कृष्ट फिक्सन फिल्मले रु.२५ हजारका दरले पुरस्कार पाउनेछन्। दर्शकहरूको मतका आधारमा कुनै एक फिल्मले 'अडियन्स अवार्ड' पाउने महोत्सवकी निर्देशक रम्यता लिम्बूले बताइन्।

डाउन द लाईन स्टिल।

लिम्बूका अनुसार, यसपटकको किम्फमा विश्व वन्यजन्तु कोष–नेपाल (डब्लुडब्लुएफ–नेपाल) को प्रायोजनमा 'वी आर अल कनेक्टेड' कार्यक्रम पनि हुनेछ। त्यस्तै, हिमालय रेस्क्यु एसोसिएसनले यही महोत्सवमा हिमालय क्षेत्रमा हेलिकप्टरले गर्ने उद्धारकार्यका चुनौतीमाथि एउटा छलफल कार्यक्रम पनि सञ्चालन हुनेछ भने जर्मन ट्राभल राइटर गेर्डा पाउलरले प्रवचन दिनेछिन्।

अनुशील किम्फमा कहिले के?

स्थान : राष्ट्रिय सभा गृह, काठमाडौ

११ डिसेम्बर, बुधबार

मुख्य हल

३ बजे दिउँसो

‘We Are All Connected’ अन्तर्राष्ट्रिय पर्वत दिवसको उपलक्ष्यमा WWF Nepal को प्रस्तुति दुई मिनेट छोटो फिल्म प्रतियोगिताको नतीजाको घोषणा र पुरस्कार वितरण

प्रमुख वक्ताः WWF-Nepal Ambassador राजेश हमाल

विषयः ‘Role of Youth in Leading Change for a Living Planet’

५ बजे दिउँसो

High and Hallowed: Everest 1963 (निर्देशक स्वयं उपस्थित)

निर्देशकः David Morton/Jake Norton

४८ मि., संयुक्त राज्य अमेरिका, २०१३

संयुक्त राज्य अमेरिकाको पर्वतारोहणको इतिहास र हिमालय आरोहण

Down the Line

निर्देशकःFrancois-Xavier “Fix” De Ruydts २२ मि., क्यानाडा २०१२ क्यान्योनिङको मजा, जोखिमपूर्ण खेल

उपकक्ष

४ बजे दिउँसो

Solar Mamas

निर्देशकः Jehane Noujaim/ Mona Eldaief

५८ मि., डेनमार्क, इजिप्ट, संयुक्त राज्य अमेरिका २०१२ गरीबीबाट मुक्ति पाउने संघर्षमा महिला

Poop on Poverty

निर्देशकः Vijay Jodha

४ मि., ५८ से., भारत २०१२

ऊँटले गर्ने फोहोरको पनि फाइदा छ।

Colours in the Dust

निर्देशकः Jonathan Stack

५ मि. ४७ से., हाइटी २०१२ कलाको माध्यमद्वारा गरीबी हटाउने हाइटीका युवाको प्रयास।

Town and Country

निर्देशकः Louis Meyer

१ मि. ३७ से., चीन २०१२

चीनमा विद्यमान शैक्षिक विभेद

१२ डिसेम्बर, बिहीबार

मुख्य हल

११ बजे बिहान

Beyond the Gates of Phu

निर्देशकः Sean White

१८ मि., ५१ से., क्यानाडा/नेपाल २०१२

आत्मिक खोजमा एक दम्पतीको नेपालको यात्रा

Dar Jostojoye Palange Iran “In Search of Persian Leopard”

निर्देशकःFathollah Amiri

५८ मि., इरान २०१२

इरानका चितुवा बचाउने अभियानमा अनुसन्धानकर्ताहरु

१ बजे दिउँसो

**Die Bergretter in Himalaya “Helicopter Rescuer in the Himalaya” **

निर्देशकः Frank Senn/ Hari Thapa

९२ मि., नेपाल/स्वीट्जरल्यान्ड २०१३

नेपालको हिमाली भागमा हेलिकोप्टरद्वारा गरिने उद्धार। फिल्म प्रदर्शनपछि त्यसबारे विशेषज्ञहरूको परिसंवाद पनि हुनेछ।

३:३० बजे दिउँसो

बालकृष्ण समः अकथ्य कथा (निर्देशक स्वयं उपस्थित)

निर्देशकः दिनेश पाल्पाली ७१ मि., नेपाल २०१२ छुवाछूतको कुप्रथाबाट मुक्ति पाउन एउटा ठिटोले गरेको प्रयास।

५ बजे साँझ

Rob ‘n Ron

निर्देशकः : Magnus Igland Moller/ Peter Smith ३ मि., ४० से., डेनमार्क २०१३ कार्टुन चित्र।

Life in Paradise - Illegale in de Nachbarschaft “Life in Paradise – Illegals in the Neighbourhood”

निर्देशकः Roman Vital

७८ मि., स्वीट्जरल्यान्ड २०१३

स्वीट्जरल्यान्डको एउटा गाउँमा अवैध रुपमा आइपुगेका आप्रवासीहरु।

उपकक्ष

११:३० बजे बिहान

‘The Secrets of Railways in the Foothills of Nepal’ an illustrated talk by railways enthusiast John Waldron from the UK.

काठमाडौंमा पनि रेल चल्थ्यो। नेपालमा कति ठाउँमा रेल चल्थे र यसको इतिहास कति लामो छ। त्यसबारे स्लाइड प्रस्तुति।

१:१५ बजे दिउँसो

Palabras Magicas - Para Romper un Encatamiento "Magic Words - Breaking Spell"

निर्देशकः : Mercedes Moncada Rodriguez

८२ मि., मेक्सिको २०१२

निकारागुवाको क्रान्तिबारेको अनुभूति।

३ बजे दिउँसो

Poor Us: an Animated History of Poverty

निर्देशकः Ben Lewis ५८ मि., नेदरल्यान्ड २०१२ असमानताका कुरा।

Wilbur episodes 1, 2 & 3

निर्देशकः Adrien Roche

१३ मि., भारत २०१२

भारतमा रहेको गरीबी र असमानताबारे युट्युबमा खेल्ने कलाकारको दृष्टि।

५ बजे साँझ

Stress, Snowfall and the Inner Child (निर्देशक स्वयं उपस्थित)

निर्देशकः : Michael (Mike) Biagiotti

४ मि. २० से., संयुक्त राज्य अमेरिका २०१३

आधुनिक शहरिया जीवनबाट टाढा।

Ready to Fly

निर्देशकः William A. Kerig

७५ मि., क्यानाडा २०१२

अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटीबारे महिला स्की खेलाडीको भनाइ।

१३ डिसेम्बर, शुक्रबार

मुख्य हल

११ बजे बिहान

‘Why Poverty' छोटा फिल्म प्रतियोगिताको पुरस्कार घोषणा, पुरस्कार वितरण र फिल्मको प्रदर्शन। (किम्फ र स्टेप इन्टरन्यासनलको संयुक्त प्रस्तुति।)

१२:३० बजे दिउँसो

Sky Burial

निर्देशकः Tad Fettig

१२ मि. ९ से., मंगोलिया २०१३

मृत्यु संस्कार सम्बन्धी प्राचीन कर्मकाण्डको अभ्यास।

“कमलहरी” (निर्देशक स्वयं उपस्थित)

निर्देशकः Cristoph Schwaiger

५२ मि., फ्रान्स/नेपाल २०१३

खोसिएको बालापन फर्काउने प्रयासमा किशोरीहरु।

२:३० बजे दिउँसो

Playing with Nan (निर्देशक स्वयं उपस्थित)

निर्देशकः Dipesh Kharel/ Asami Saito

८८ मि., नेपाल २०१२

जापान पुगेका नेपाली आप्रवासी कामदारहरूको जिन्दगीको झलक।

४:३० बजे दिउँसो

इन्द्रेणी खोज्दै जाँदा

निर्देशकः सहारा शर्मा

८८ मि., नेपाल २०१३

सपनाको खोजीमा काठमाडौं पसेका दिदीबहिनी र भाइको कथा।

उपकक्ष

१२ बजे मध्याह्न

The Odd Sound Out

निर्देशकः Pernille Sihm/ Idamaria Schouwandreasen

६ मि. ३० से., डेनमार्क २०१३

सुरताल बिग्रेको संगीतकार।

No Hau Lugar Lejano "No Place is Far Away"

निर्देशकः : Michelle Ibaven

७५ मि., मेक्सिको २०१२

मेक्सिकोको पहाडी इलाकामा पर्यटनले पारेको असर।

२ बजे दिउँसो

‘The Great Himalayan Trail’ ― जर्मन यात्रा लेखिका Gerda Maria Pauler श्रव्य दृश्य प्रस्तुति साथै उनको पुस्तकको लोकार्पण।

४ बजे दिउँसो

In the Shadow of the Sun

निर्देशकः Harry Freeland

८४ मि. २१ से., संयुक्त अधिराज्य बेलायत/तान्जानिया २०१२

बेग्लै वर्णका मानिसप्रतिको पूर्वाग्रह।

डिसेम्बर १४, आइतबार

११ बजे बिहान

Life at Altitude

निर्देशकः Qiao Yan

१८ मि., ४० से., चीन २०१३

चिनियाँ महिलाको साहसिलो यात्रा।

To Sing to Live

निर्देशकः Zhao Gang (निर्देशक स्वयं उपस्थित)

६२ मि., चीन २०१३

सिचुवान ओपेरा मण्डलीको जीवन संकटमा।

१ बजे दिउँसो

अन्तिम यात्रा

निर्देशकः केशव पाण्डे (निर्देशक स्वयं उपस्थित)

३३ मि., नेपाल २०१३

नेपालका द्वन्द्वपीडित परिवारद्वारा मृतकको सम्झना।

Mani, the Hidden Valley of Happiness at Crossroads (निर्देशक स्वयं उपस्थित)

४५ मि., नेपाल २०१३

चुम उपत्यकामा आएको विकासबाट सांस्कृतिक परम्परामा परेको प्रभाव।

३ बजे दिउँसो

When Hari Got Married

निर्देशकः Ritu Sarin/ Tenzing Sonam

७५ मि., भारत २०१२

फोनले जोडेको मायाप्रीति।

५ बजे साँझ

Red Monsoon

निर्देशकः इलम दीक्षित (निर्देशक स्वयं उपस्थित)

८८ मि., नेपाल २०१३

काठमाडौंको आधुनिक समाजमा नयाँ नेपाली पुस्ताको अस्तित्वको खोज।

उपकक्ष

११:३० बजे बिहान

"A Drop of Gold"

निर्देशकः Christope Peladen

१० मि. ४० से., डेनमार्क २०१३ प्रेम र युद्ध।

Le Village Suspendu “The Hanging Village”

निर्देशकः Veronique, Anne and Erik Lapied

७० मि., फ्रान्स २०१२ पहाडी गाउँको चित्रण।

१:३० बजे दिउँसो

The Blinding Sunlight

निर्देशकः Yu Liu

८५ मि., चीन, २०१३ चिनियाँ परिवारको दुःखपूर्ण गाथा।

३:३० बजे दिउँसो

Journey for Happiness (In Person)

निर्देशकः : Marie Veno Thesbjerg

२१ मि. ५० से., डेनमार्क २०१३

भूटानी तीर्थयात्रीको आध्यात्मिक खोज।

Erhard Loretan, respiserl'Odeur du ciel "Erhard Loretan, Breathing the Smell of the Sky"

निर्देशकः Benoit Aymon

५२ मि., स्वीट्जरल्यान्ड २०११

एक विलक्षण पर्वतारोहीप्रति अर्पित श्रद्धासुमन।

१५ डिसेम्बर, आइतबार

मुख्य हल

११ बजे बिहान

Himalaya Bhotia between Nepal and Tibet (निर्देशक स्वयं उपस्थित)

७५ मि., फ्रान्स २०१३ सीमावर्ती क्षेत्रका बासिन्दाको द्विविधा।

१ बजे दिउँसो

हराएको सपना

निर्देशकः अंकित केसी (निर्देशक स्वयं उपस्थित)

६ मि., नेपाल २०१३ ज्ञानप्राप्तिमा निस्केको एक युवा।

झ्याउली

निर्देशकः राकेश कायस्थ (निर्देशक स्वयं उपस्थित)

३० मि., नेपाल २०१३

ईटाभट्टाको दुष्कर जीवन।

छोरा

निर्देशकः सुवर्ण थापा

२५ मि., नेपाल/फ्रान्स

दुई देशका बाबुछोराको सम्बन्ध।

३ बजे दिउँसो

Memoria

निर्देशकः Elisabet Yr Atladottir

६ मि. २८ से., डेनमार्क २०१३ लागूपदार्थ व्यसनीको अतीत।

Mustang Rising

निर्देशकः Amitabh Subedi

७३ मि., नेपाल/भारत २०१३ परिवर्तनलाई अँगाल्दै मुस्ताङका बासिन्दा।

५ बजे साँझ

पुरस्कार वितरण समारोह तथा The Epic of Everest को विशेष प्रदर्शन।

निर्देशकः Captain John Noel

८५ मि., संयुक्त अधिराज्य बेलायत १९२४

जर्ज मेलोरी र एन्ड्रू इरभिनद्वारा सन् १९२४ मा गरिएको सगरमाथा आरोहणको ऐतिहासिक प्रयासबारे यो फिल्म ब्रिटिश फिल्म इन्ष्टिच्युटद्वारा पुनरुद्धार गरिएको हो र यो यसै वर्ष बेलायतमा सार्वजनिक गरिएको थियो। पहिलो पटक आरोहण गरिएको ६० वर्ष पुगेको अवसरमा विशेष प्रदर्शनका लागि यो फिल्म किम्फद्वारा मगाइएको हो।

उपकक्ष

११:३० बजे बिहान

A New Perspective

निर्देशकः Corey Rich

९ मि., जर्मनी/संयुक्त राज्य अमेरिका २०१२

पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा हुने पर्वतारोहण गतिविधि।

Regay Neheni "The Hidden Path"

निर्देशकः Hossein Jehani

२० मि., कुर्दिस्तान २०१३ जीवन धान्नलाई तस्करीमा लागेका कुर्दिस समुदाय।

86 Centimeters

निर्देशकः Tshering Gyelsthen/ Peter Burgh

३९ मि., भूटान २०१२ हिमताललाई फुट्नबाट जोगाउने काममा लागेका भूटानी श्रमिकहरु।

१:३० बजे दिउँसो

‘Journalistic Challenges in Promoting Mountain Tourism and Development’ – अल्पाइन जर्नलका सम्पादक Stephen Goodwin समेतको सहभागितामा हुने परिसंवाद।

३ बजे दिउँसो

Loden - Der Kleine Monch “Loden-The Little Monk”

निर्देशकः Andre Hormann

२५ मि., जर्मनी २०१२ भावी भिक्षुको कथा।

Sulle Tracce dei Ghiacciai: Missione a Caucaso "On the Trails of the Glaciers: Mission to Caucasus"

निर्देशकः : Marco Preti

५२ मि., इटाली २०१२ संसारकै ठूला हिमनदीहरुको स्वास्थ्य परीक्षण।

थप जानकारीका लागी सम्पर्कः ०१–४४४०६३५

www.facebook.com/kimff

comments powered by Disqus

रमझम