३० मंसिर २०७० | 15 December 2013

फरक ढंगले सबल

Share:
  

हि्वलचियरमा आएका हिमाल आचार्य र बैसाखी टेकेकी रोमा न्यौपानेले मञ्चमा छमछमी नाचेर सबैलाई चकित पारिदिए। २२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा १८ मंसीरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा कुशल नर्तकको रुपमा प्रस्तुत भएका हिमाल द्वन्द्वको समयमा माओवादी एम्बुसमा परेका पीडित हुन्। उनी र रोमा तीन वर्षदेखि कार्यक्रममा सँगै नृत्य गर्दै आएका छन्।

१८ मंसीरको कार्यक्रममा अधिकारका कुराहरु पनि उठे। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अधिकार सुनिश्चितताका लागि संविधानसभामा अपाङ्गता भएका पाँच जनालाई अनिवार्य रुपमा सहभागी गराउनुपर्ने माग गरे। अपाङ्गता भएकाहरुको राजनीतिक सहित सामाजिक, शैक्षिक लगायतका अधिकार सुनिश्चित हुनुपर्ने माग उनले गरे। तर, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा दिनु भनेर सर्वोच्च अदालतले २०६० सालमा गरेको फैसला पनि अझै कार्यान्वयन नभएको नेपाल अपाङ्ग मानवअधिकार केन्द्रकी कार्यक्रम संयोजक मनिषा गौचनले बताइन्।

मीना शर्मा

comments powered by Disqus

रमझम