७ पुस २०७० | 22 December 2013

चम्किंदै मिलन

Share:
  
आसामकी उदीयमान नेपाली गायिका मिलन नेवार अमात्य (३०) काठमाडौंमा घरजमसँगै गीत–संगीतमा पनि जमेकी छन्।

मिलन नेवार अमात्य (३०) को लागि पूर्वोत्तर भारतीय राज्य आसाम र नेपालबीच पहिलो फरक के छ भने उता तीन लाख श्रोता थिए यता तीन करोड। त्यो फरक पहिल्यै बुझेका बुवाले नेपालका श्रोताबीच पुग्ने सल्लाह पनि दिइरहन्थे। त्यही मेसोमा उनी तीन वर्षअघि मिलन नामक अल्बम निकाल्न पहिलो पटक काठमाडौं आएकी थिइन्। भइदियो के भने, उनले अल्बमसँगै विवाह पनि यतै गरिन्।

संखुवासभाको खाँदबारी पुर्ख्यौली थलो भएकी मिलन आसाममा हुँदै नेपाली र असमिया गीतबाट लोकप्रिय भइसकेकी थिइन्। र, पहिलो अल्बम मिलन बाट नेपाली श्रोतामाझ पनि राम्रै परिचय बनाइन्। त्यसपछि चलचित्र काली र नोटबुक का गीतहरूले उनलाई चर्चित बनाए। यसबीचमा उनले चार वटा नेपाली अवार्ड पाइसकेकी छन्। “सन् २००३ मा जयपुरमा भएको नेशनल सिङ्गिङ कम्पिटिसन मेरो जीवनको एउटा महत्वपूर्ण मोड बन्यो”, भारतभरका नवप्रतिभाले स्पर्धा गरेको सो प्रतियोगितामा दोस्रो भएको सम्झँदै मिलन भन्छिन्, “त्यसपछि त मैले लगातार गाउने अवसर पाइरहें।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम