१४ पुस २०७० | 29 December 2013

गोदावरी कलिङ

Share:
  

सेन्ट जेभियर्स स्कूलका पूर्व विद्यार्थीहरुको संस्था गोदावरी अल्मुनाई एसोसिएसन स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुहोस्।

मितिः २८ डिसेम्बर

समयः बिहान १० देखि

स्थानः सेन्ट जेभियर्स स्कूल गोदावरी

टेल योर स्टोरी

युवतीहरुले कसरी विश्वलाई परिवर्तन गराउँदैछन् भन्ने विषयमा १ देखि २ मिनेटको भिडियो प्रतियोगितामा १२ देखि २५ वर्षसम्मका युवतीहरु सहभागी हुन सक्नेछन्। विजेताले १००० डलर पुरस्कार पाउने छन्।

सहभागिताका लागि

३१ डिसेम्बरसम्म

www.letgirlslead.org

शिक्षाका लागि शान्ति

देशका प्रमुख १० शहरमा बालबालिकाको शिक्षाका लागि नेपालयको सातौं प्रस्तुति। २२ डिसेम्बर म्याग्दी, बेनी

२४ डिसेम्बर गगनगौंडा, कास्की

२६ डिसेम्बर पाटन, दरबार स्क्वायर

अतिथि रिसेार्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०

(०१) ४००२०७७

साहित्य संगीत

नेपाली शास्त्रीय संगीतका पारखीहरुका लागि हरेक पूर्णिमाको अपरान्ह।

स्थानः राममन्दिर

अ पिपुल वार

नेकपा (माओवादी) ले १ फागुन २०५२ देखि थालेको हिंसात्मक द्वन्द्वले १० वर्षसम्म नेपाललाई लपेट्यो। त्यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो, जसको खाटा अर्को १० वर्षमा पनि बस्न सकेको छैन। गृहयुद्ध र पीडाले भरिएको त्यो समयलाई 'अ पिपुल वार' नाम दिइएको तस्वीरमा हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१) ५५४९९४८

www.madanpuraskar.org

चरिकोट पानोरमा रिसोर्ट

ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

comments powered by Disqus

रमझम