२१ पुस २०७० | 5 January 2014

'शैक्षिक खाडल पुर्न मद्दत पुग्नेछ'

Share:
  

९ पुसमा मासिक शुल्क रु.१०० र भर्ना शुल्क रु.१५० मा पढ्न पाइने कलेज स्थापना गरेको समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेल भन्छन्, “सस्तो कलेज, अस्पताल र स्कूल चलाउन सक्नेमा विश्वस्त छु।”

मासिक रु.१०० तिरेर पढ्न पाइने कलेज खोल्नुको उद्देश्य के हो? धनी मानिसहरूको संख्या वृद्धि भएकाले शिक्षा महँगो बन्दै गएको छ र पैसा हुनेले मात्रै पढ्न सक्ने अवस्था आएको छ। महँगो शुल्क तिर्न नसक्नेले पनि पढ्न सकून् भनेर यो कलेज सञ्चालन गरिएको हो। यसले धनी र गरीबबीचको शैक्षिक खाडल पुर्न मद्दत गर्ने अपेक्षा लिएको छु।

यसअघि स्थापना भएका स्कूल र अस्पतालको अवस्था के छ?

नर्सरीदेखि कक्षा १२ सम्म मासिक रु.१०० मा पढाउँदै आएको स्कूल राम्रोसँग चलेको प्रवेशिकामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुनुले देखाउँछ। शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा पनि समता स्कूल काठमाडौं उपत्यकाको उत्कृष्ट २३ विद्यालयमा परेको छ। रु.१०० मा दिसा, पिसाब, खकार, दाँत परीक्षण र एक्सरे गराउन पाउने अस्पताल पनि राम्रो चलेको छ।

स्कूल, अस्पताल र कलेज संचालन गर्न कुनै संस्था वा व्यक्तिबाट सहयोग लिनुभएको छ कि?

संस्थागत सहयोग लिएको छैन। व्यक्तिगत सहयोग भने लिएका छौं। जस्तो डा. उपेन्द्र महतोले रु.३ करोड ६५ लाख सहयोग गर्नुभएको छ।

यस्तो सहयोगले मात्र ती संस्था दिगो हुन सक्छन् र?

१४ वर्षदेखि सम्भव भएकाले अब नहोला भन्ने लाग्दैन। दिगो गराउन दृढ संकल्पित पनि छु।

स्कूल र कलेजमा आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकता दिनुभएको छ कि, सम्पन्नले पनि त्यो अवसर पाएका छन्?

हाम्रो नारा नै 'सबैका लागि स्कूल' भन्ने हो। त्यसैले कसैलाई भर्ना नगर्ने नीति छैन। धनी र गरीब छुट्याउन सजिलो पनि छैन।

comments powered by Disqus

रमझम