२१ पुस २०७० | 5 January 2014

फुलटाइमर हुने धोको

Share:
  

वीरगन्ज माइस्थानका सन्जु अमात्य पेशाले मार्केटिङ म्यानेजर हुन्, जो सोखको लागि गाउँछन्। एक दशकअघि उद्गम नामक एकल अल्बम निकालेका उनी फेरि ७ गीत संग्रहित कुन फूल चढाऊँ लिएर श्रोतामाझ आएका छन्।

अढाइ दशकअघि राजधानीमा संगीत प्रवीण नरराज ढकालको चेला बनेका उनले अहिलेसम्म पाँच दर्जन गीत गाएका र त्यति नै संख्यामा संगीत सिर्जना गरेका छन्। “फरक पेशाको कारण गीत–संगीतलाई सोखमा सीमित गर्नुपरेको छ”, अग्निज्वाला, प्राण भन्दा प्यारो, अल्झेछ क्यारे पछ्यौरी, साथी रे, अनाडी खेलाडी जस्ता चलचित्रमा समेत गाइसकेका सन्जु भन्छन्, “तर, संगीतमै फुलटाइमर हुने समयको पर्खाइमा छु।”

comments powered by Disqus

रमझम