२१ पुस २०७० | 5 January 2014

झम्सिखेलको रेट्रो

Share:
  

ललितपुर झम्सिखेलको 'रेस्टुरेन्ट लेन' मा फरक स्वाद र वातावरण खोज्नेहरुका लागि 'रेट्रो' सही छनोट हुन सक्छ।

धेरैजसो पश्चिमी र केही नेपाली खाना समेत पाइने रेट्रोमा मंगलबार, शुक्रबार र शनिबार लाइभ ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै ककटेलको मज्जा समेत लिन पाइन्छ।

'ग्रिल्ड हर्ब मेरिनेटेड चिकन सिजलर' यहाँको विशेष परिकारमा पर्दछ। मसालेदार आलु, सलाद, ग्रेभी र नुडल्ससँगै पस्किएको तातो पीरो सिजलरले जिब्रोलाई वेग्लै मज्जाको स्वाद दिन्छ।

रेट्रोमा पाइने क्रिम अफ चिकेन सुप राम्रो स्टार्टर हो भने हल्का व्यञ्जन चाहनेहरुका लागि फ्रेन्च फ्राइज, टोमाटो सस, काँक्रो र टमाटरसँगै पाइने भेजिटेबल स्याण्डवीच उत्तम छनोट हुन सक्छ।

comments powered by Disqus

रमझम