२१ पुस २०७० | 5 January 2014

रंगमञ्चमा सिर्जना

Share:
  

डबली थिएटर, बालुवाटारबाट आधा दशकअघि रंगकर्म थालेकी नारायणस्थान काठमाडौंकी सिर्जना अधिकारी अहिले नाटकका दर्शकमाझ राम्रै छाएकी छन्।

डबली थिएटरबाट सडक नाटक गर्दागर्दै तीनमहीने अभिनय कोर्ष गरेर यो क्षेत्रमा होमिएकी सिर्जना अहिले नेपाली रंगमञ्चका थोरै राम्रा कलाकारमा दरिएकी छन्। दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेकी उनी कर्णाली क्षेत्रको लोक कथामा आधारित नाटक सुनकेशरी को शीर्ष भूमिकाबाट बढी चिनिएको अनुभव सुनाउँछिन्। “पाँच वर्षको संघर्षपछि सुनकेशरी को सफलतासँगै त्यसको मुख्य कलाकार मैले पनि एउटा मुकाम कायम गरें”, सिर्जना भन्छिन्।

नेपालमा निकै सफल भएको सुनकेशरी भारत र बंगलादेशका अन्तर्राष्ट्रिय नाटक महोत्सवहरूमा मञ्चन गरिएको थियो। मलामी, चरनदास चोर, घुमि्रएको कपाल, रेल गाडी छुक् छुक् छुक्, ओ स्टार दुनियाँ लगायत दुई दर्जन नाटकमा अभिनय गरेकी सिर्जना गत तीन वर्षदेखि मण्डला थिएटरमा आवद्ध छिन्। आफूमा अथाह नाटक मोह रहेको बताउने उनी रंगमञ्चलाई ठूलोपर्दामा पुग्ने भर्‍याङ बनाउने पक्षमा नरहेको दाबी गर्छिन्। “राम्रो अवसर पाए गर्दै नगर्ने भन्ने होइन”, सिर्जना भन्छिन्, “फिल्म, टेलिफिल्म वा म्युजिक भिडियोहरूमा पनि काम गर्न सकिन्छ, तर मूल क्षेत्र रंगमञ्च नै हुनेछ।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम