२८ पुस २०७० | 12 January 2014

महोत्सवको मजा

Share:
  

शब्द/तस्वीरः बिक्रम राई

१०औं चितवन हात्ती महोत्सवको पहिलो दिन स्थानीयवासीले निकालेको र्‍याली।

हात्ती फूटबल प्रतियोगितामा सहभागी छावा।

११–१५ पुसमा सौराहामा आयोजित १०औं चितवन हात्ती महोत्सव कुनै फिल्म महोत्सवभन्दा कम रहेन। चितवन होटल संघले सन् २००४ बाट आयोजना गर्न थालेको हात्ती महोत्सवमा हरेक वर्ष हात्ती दौड, हात्ती फूटबल र हात्ती सुन्दरी प्रतियोगिता लगायतका रोचक कार्यक्रम हुने गरेको छ। यस्तो रमाइलोको अवसर पारेर हजारौं स्वदेशी–विदेशी पर्यटक चितवन आउने गर्दछन्।

हात्ती दौडमा विजयी भएपछि बहादुर गजका साथ महोत्सवका सहभागी।

हात्तीको सुँड सुम्सुम्याउँदै माउते।

सुन्दरी प्रतियोगितामा सहभागी एक हात्ती।

सौराहाको बाघमारा संरक्षित क्षेत्रको मैदानमा आयोजित यस वर्षको हात्ती दौड प्रतियोगिताको उपाधि चितवन राष्ट्रिय निकुञ्जकै बहादुर गजले जित्यो। यसैगरी, फूटबल स्पर्धामा लाइन्स क्लब इन्टरन्याशनलको टीम विजेता भयो भने लक्ष्मीकली हात्ती सुन्दरी घोषित भई। चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण, स्थानीय कला–संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन महोत्सव गरिएको महोत्सवका मिडिया संयोजक केशव पाण्डेले बताए।

comments powered by Disqus

रमझम