२८ पुस २०७० | 12 January 2014

जम्दै कमल

Share:
  
रंगमन्चमा अब्बल ठहरिएका कमलमणि नेपाल (३४) ठूलो पर्दामा पनि जम्दैछन्।

१० वर्ष आरोहण गुरुकुलमा बिताएका कमलमणि नेपाल चरित्रमा डुबेर अभिनय गर्ने कलाकारमा पर्छन्। आरोहण गुरुकुलले गरेका घनचक्कर, ताराबाजी लै लै, जात सोध्नु जोगीको, सेतो कपाल, बुख्याचा, खरीको घेरो जस्ता उत्कृष्ट नाटकमा प्रमुख पात्र बनेका उनी ठूलो पर्दामा पनि उत्तिकै जमेका छन्। कमलमणि भन्छन्, “सिनेमा बुझ्ने निर्देशक पाउँदा काम गर्न सजिलो भएको छ।”

बिक्रम राई
चलचित्र धन्दा बाट ठूलो पर्दामा आएका उनी त्यसपछि अन्तराल चलचित्रको मुख्य भूमिकामा देखिएका थिए। अहिले उनी अभिनीत लोफर प्रदर्शन भइरहेको छ। निर्माता छवि ओझा कमलमणिको क्षमता हेरेरै यो फिल्ममा सिफारिश गरेको बताउँछन्। मोरङ बाहुनीका कमल जयतु संस्कृतम् आन्दोलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा डेढ दशकअघि राजधानीमा मञ्चन भएको नाटक अझै केही गर्न बाँकी छ मा अभिनय गरेर रंगकर्ममा प्रवेश गरेका थिए। २०५७ मा एकवर्षे अभिनय प्रशिक्षण लिएका उनी त्यसपछि एमआर्ट थिएटर र आरोहण गुरुकुलमा आबद्ध भए। “म नाटकमा आउँदासम्म रंगकर्मलाई राम्रो मानिंदैनथ्यो”, कमलमणि भन्छन्, “अहिले राम्रा रंगकर्मीहरू नै फिल्ममा आउँछन्, सेलिब्रेटी बन्छन्।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम