५ माघ २०७० | 19 January 2014

सन क्याफे एण्ड बार

Share:
  

झम्सिखेल विभिन्न स्वाद पारखीका लागि नयाँ गन्तव्य होइन। झम्सिखेलको केही भित्रपट्टिको आकर्षक सज्जा सहितको सन क्याफे एण्ड बार पारखीहरुलाई मोहनी लगाउन तयार छ। यो रेस्टुरेन्टको इन्डोर र आउटडोर दुवै स्थानमा बसेर रुचि अनुसारका विभिन्न स्वादको आनन्द लिन सकिन्छ।

रेस्टुरेन्टमा स्टार्टरका रुपमा रु.२६० मा बेकोन एण्ड चिज बल्स, रु.३०० मा चिकेन विङ्स बार्बेक्यु, रु.३२० मा चिकेन सौभलाकी, रु.३४० मा चिकेन क्रोक्वुटेस उपलब्ध छन्। मसलेदार चिकेन विङ्स देख्नमा मात्रै होइन स्वादमा पनि भारतीय कबाब जस्तै छ। मेन कोर्सका रुपमा पोटाटो रोस्टी र तोफु रु.३९० मा उपलब्ध हुन्छ। सनको स्पेशल बर्गर स्यान्डविच छुटाउनै नहुने स्वादका छन्।

comments powered by Disqus

रमझम