५-११ माघ २०७० | 19-25 Janunary 2014

पश्चिममा पारिलो घाम

Share:
  

शब्द/तस्वीरः देबकी विष्ट

पूर्व–पश्चिम राजमार्ग हुँदै हुँइकिंदा बर्दियाको बबई नदी तटमा नजर नघुमाउने कमै हुन्छन्। हिउँद याममा त्यहाँको बालुवामा घडियाल–मगरगोहीहरू घाम तापिरहेका हुन्छन् भने नदीमा अनेकथरिका पानीचरा र तटमाथि चखेवा जोडीहरूको बाक्दै चहल–पहल देखिन्छ। बर्दिया वाइल्ड लाइफ रिसोर्टका भीम शाही यो सिजनमा बर्दिया राष्ट्रिय निकुञ्ज आउनेले बबई र कर्णालीका भँगाला तथा चौरहरूमा प्रकृतिका अनेक लीला देख्ने बताउँछन्।

नेपाल तराईको सबभन्दा ठूलो वन्यजन्तुको बासस्थान बर्दिया निकुञ्जमा जंगली हात्ती, पाटे बाघ, गैंडा, डल्पि्कन लगायतका ५४ प्रकारका स्तनधारी वन्यजन्तु, ४३८ प्रजातिका चरा, २५ प्रजातिका घसि्रने जनावर र १२१ प्रजातिका माछा पाइन्छन्। यहाँ टाइटनिक फिल्मका नायक लियोनार्दो डिक्याप्रियोले पानी खाइरहेका पाँच वटा बाघको तस्वीर खिचेका थिए, एउटै फ्रेममा। ९६८ वर्गकिलोमिटरको निकुञ्ज वरिपरि थारू संस्कृतिको न्यानोपनमा भिज्न पाइन्छ।

डल्ला होमस्टेमा आएका पाहुना अमर शाहीलाई स्वागत गर्दै स्थानीयवासी।

बर्दिया निकुञ्जको ठाकुरद्वार नेपालगञ्जबाट ९० किलोमिटर पश्चिममा पर्छ, जहाँ सुविधाजनक रिसोर्टहरू छन्। काठमाडौंदेखि प्याकेज कार्यक्रममा आउन चाहनेहरूका लागि रैका ट्राभल्सले निकुञ्जमा एक दिनको बास, डल्लामा होमस्टे र र्‍याफ्टिङबाट कर्णाली भएर कैलालीको टीकापुर हुँदै कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा जरायोको बथान नियालेर फर्कने प्याकेज चलाएको छ।

comments powered by Disqus

रमझम