५-११ माघ २०७० | 19-25 Janunary 2014

एक दिनको गन्तव्य

Share:
  

फुर्पा तामाङ
झोर महाँकालस्थित वरुणेश्वर महादेवको गुफा।
काठमाडौं शहरको कार्बनडाइमनोअक्साइडयुक्त धूलो–धूवाँ, ध्वनि प्रदूषण र पेशा–व्यवसायको मानसिक दबाबबाट एक दिन भए पनि मुक्त हुने थुप्रै गन्तव्य छन्, उपत्यकाका काँठ क्षेत्रमा। यस्तै एउटा शान्त ठाउँ छ, झोर महाँकाल–८ मा; जसलाई वरुणेश्वर परले पाटी भनिन्छ। गोंगबुबाट टोखाहुँदै ८ किलोमिटर यात्रा गरेपछि परले पाटी पुगिन्छ। शिवपुरी राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने यही गाउँमा पर्छ, टोखा झरना पनि। झर्नाको फेदमा ठूलो चट्टान र चट्टानमुनि श्री वरुणेश्वर महादेवको गुफा छ। यहाँ हरेक वर्ष मंसीरको वैकुण्ठे चतुर्दशीमा ठूलो मेला लाग्छ।

शिवपुरी पहाडबाट झारेको झरना सुन्दर छ। गुफाको प्रवेशद्वारमा मन्दिर छ। एकदिने कार्यक्रममा दृश्यावलोकनसँगै पूजा आराधना समेत हुने यो क्षेत्रमा गाउँ पनि कम राम्रो छैन। लिपपोत गरेर चिटिक्क पारिएको घर–आँगनमा गाई–भैंसी र बाख्रा उग्राइरहेका देखिन्छन्। करेसाबारी फलफूल र मौसमी तरकारीले भरिएका छन्। गाउँमा दौरा–सुरुवाल र चौबन्दी–फरिया नलगाएका महिला–पुरुष खासै देखिन्नन्। श्रीकृष्ण–वरुणेश्वर महिला जागृति समूहकी अध्यक्ष गंगा घिमिरे र सदस्य गंगा अधिकारीले तीन वर्षदेखि महिला समूहले गुफा र मन्दिर क्षेत्रको रेखदेखमा अग्रसरता लिएको बताए। उनीहरू यो ठाउँमा आन्तरिक पर्यटन विकासका लागि थप काम गर्न क्रियाशील देखिन्छन्।

फुर्पा तामाङ

comments powered by Disqus

रमझम