५-११ माघ २०७० | 19-25 Janunary 2014

न्यूयोर्कमा नेपाली डान्स सेन्टर

Share:
  

ङिमा पाखि्रन
नृत्य कलाकार विजय नकर्मी (४४) ले न्यूयोर्कको ज्याक्सन हाइटमा बसन्त डान्स सेन्टर खोलेर दुई वर्षदेखि नेपालीलाई नृत्य सिकाइरहेका छन्। विजयले आफ्ना गुरु बसन्त श्रेष्ठको नाममा डान्स सेन्टर खोलेका हुन्। लामो समय फिल्मका नृत्य निर्देशक श्रेष्ठको सहायक भएर काम गरेका विजयले आफ्नो सेन्टरबाट न्यूयोर्कमा रहेका नेपाली मूलका बालबालिकालाई नेपाली संस्कृति सिक्न सजिलो भएको बताए उनले सेलो, कौडा, झ्याउरे, साकेला, नेपाली लोक नृत्यहरु पनि सिकाउने गरेका छन्। “२०४४ सालमा नृत्यका कखरा सिकेर गुरुको सहयोगी भएँ”, विजय नेपालमा बिताएका दिनहरु सम्झन्छन्, “त्यसपछि सहायक कोरियोग्राफर भएर काम गर्दागर्दै अमेरिका आएर नेपालीलाई विभिन्न नृत्य सिकाउँदैछु।

ङिमा पाखि्रन, न्यूयोर्क

comments powered by Disqus

रमझम