५-११ माघ २०७० | 19-25 Janunary 2014

बिक्यो कमेडी

Share:
  

बनेकामध्ये ९० प्रतिशत फिल्म डुबिरहेका वेला टेलिभिजनका पर्दामा जमेका हास्यकलाकारहरूले अभिनय गरेको छ एकान छ ले राम्रै व्यापार गरिरहेको छ। यो कमेडीले यस वर्ष सर्वाधिक चलेका काली र होस्टल ले भन्दा राम्रो व्यापारको संकेत पनि देखाएको छ। दिनेश डिसीले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल र सन्दीप क्षेत्रीको अभिनय छ। २६ पुसबाट प्रदर्शनमा आएको यो फिल्मलाई सानो पर्दाका लगभग सबै हिट कलाकारको अनुहार र आक्रामक प्रचारले साथ दिएको देखियो। यसका निर्मातामध्येका एक दीपकराज गिरी भन्छन्, “डुबिने डर त थियो नै, तर राम्रो फिल्म बनाएर प्रचारप्रसारमा ध्यान दिंदा चल्दो रहेछ।”

comments powered by Disqus

रमझम