५-११ माघ २०७० | 19-25 Janunary 2014

अर्किडमा क्रिस्पी चिकेन

Share:
  

क्रिस्पी चिकेन बनाउन कुखुराको छातीको मासु लामो आकारमा मिलाएर चिरिन्छ। त्यसलाई तेलमा हल्का खैरो हुन्जेल ओल्टाई–पल्टाई फ्राई गरी सेतो तिल र सलादका साथ खान तयार गरिन्छ। क्रिस्पी चिकेनलाई स्पेशल बनाएको झापा बिर्तामोडको नयाँ बसपार्कस्थित होटल अर्किडको पेपर चिकेन पनि अर्को चल्तीको परिकार हो। कुखुराको पातलो बोनलेस मासुका टुक्रामा लसुन, प्याज, जिरा, धनियाँ, मेथी लगायतका मसला मोलेर तेलमा फ्राई गरेपछि पेपर चिकेन तयार पारिन्छ। चियाबगान नियाल्दै क्रिस्पी चिकेन, पेपर चिकेन लगायतका परिकारहरुको स्वाद लिन अर्किड आउने पाहुनाको संख्या बढ्दो छ। स्वादसँगै पार्किङ र निःशुल्क वाईफाई सुविधाका कारण पनि पाहुना बढेको सञ्चालक मीनप्रकाश मैनाली बताउँछन्।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम