१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

भिडियो फर्मेटमा

Share:
  

तीन महीनाअघि अंगे्रजी दैनिक दि काठमाडौं पोष्ट मा आएको नयाँ शुक्रबारे परिशिष्टाङ्क मूभर्स एण्ड सेकर्स (एमएण्डएस) को भिडियो भर्सन पनि आएको छ गत साताबाट। हरेक शुक्रबार प्रकाशित हुने एमएण्डएसको भिडियो भर्सन युट्युबमा टीकेपी मूभर्स एण्ड सेकर्स ठेगानामा हेर्न सकिन्छ। “यो इन्टरनेटको पहुँचमा भएका युवा पुस्ता लक्षित छ”, परिशिष्टाङ्क ब्युरो संयोजक समृद्धि राई भन्छिन्, “अहिलेका युवा त्यसै पनि टेलिभिजनभन्दा युट्युब मन पराउँछन्।”

भिडियोमा परिशिष्टाङ्कको कभर फोटोस्टोरी तयार प्रक्रिया र यसमा कसको कति मिहिनेत हुन्छ भन्ने हेर्न पाइन्छ भने परिशिष्टाङ्कमा साताको व्यक्तित्वको अन्तर्वार्ता समेटिन्छ। एमएण्डएसले परिशिष्टाङ्क/भिडियो आएसँगै सांगीतिक सप्ताहान्त पनि थालेको छ। सप्लिमेन्ट्रीमा चार र भिडियो भर्सनमा तीन जनाको टीम छ। एमएण्डएसको भिडियो कार्यक्रम संचालक ओसिन सिटौला हुन्। ग्राफिक डिजाइनर सोनाम छिरिङ लामा ह्योल्मोले निर्माण गर्ने यो कार्यक्रममा निरोज श्रेष्ठले क्यामेरामा साथ दिएका छन्। “भिडियो अपलोड गरेकै दिन चार हजारले हेरे”, संयोजक समृद्धि भन्छिन्, “यो नौलो प्रडक्ट मन नपराउने कमै होलान्।”

comments powered by Disqus

रमझम