१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

तीन वर्षपछि महयात्रा

Share:
  

तीन वर्षयता स्टेज कार्यक्रममा नदेखिएका प्रसिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले 'महयात्रा' थालेका छन्। ७ माघमा अस्ट्रेलियाको पर्थ शहरबाट शुरु भएको 'महयात्रा' मा मह जोडी नेवारबहादुर र बाहुनबहादुरको रुपमा प्रस्तुत भएका छन्।

मदनबहादुर–हरिबहादुरपछि नेवारबहादुर–बाहुनबहादुर अवतारमा देखिएका महसँगै नरेन्द्र कंसाकार, बसुन्धरा भुसाल, मोहित आचार्य, कुन्ती मोक्तान, किरण केसी र शिवहरि पौडेलले पनि अस्टे्रलियाका नेपालीलाई हँसाइरहेका छन्। तीन साताको 'महयात्रा' पर्थपछि मेलबर्न, सिड्नी र क्यानबेरामा हुनेछ।

comments powered by Disqus

रमझम