१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

सिंगापुरको स्वाद सिंग–मा फूड कोर्ट

Share:
  

रेस्टुरेन्ट लेन बनेको ललितपुरको झम्सीखेलस्थित 'सिंग–मा फूड कोर्ट' का परिकारले साँच्चिकै सिंगापुरको स्वाद सम्झाउँछन्।

सिंगापुरका चलनचल्तीका रेस्टुरेन्टहरु जस्तै सफा र सादा तरिकाले सजाइएका 'सिंग–मा' का दर्जन बढी टेबलहरु 'लञ्च आवर' पछि पनि व्यस्त नै देखिन्छन्। कोकोनट मिल्क र लेमन ग्रास हालिएको तात्तातो चिकेन तोमयाम गई (रु.३१०) को तिखो वासना र त्यसमा रहेको मसरुम र चिकेनका टुक्राहरुले खानाको मूड बढाउँछ।

चिकेन रेण्ड्याङ र बासमती चामलको भातसँगै पस्किने 'नासी लेम्याक सेट' (रु.४३०) साँच्चिकै स्वादिस्ट छ। साथमा पाइने अण्डा र एंकोवी माछाले यसको स्वाद अरु बढाउँछ। गोरेङ पिसाङ (रु.१४०) यहाँको राम्रो डेजर्ट हुन सक्छ। सुनौला खैरो रंग हुने गरी फ्राइ गरिएको केराको यो परिकारको मजा नै वेग्लै छ।

comments powered by Disqus

रमझम