१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

थ्री इन वान

Share:
  

ताप्लेजुङ साब्लाखुकी प्रवीण पन्धाक ६ वर्षदेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा अधिकृत छिन्। वाणिज्यशास्त्रमा स्नातकोत्तर उनले अधिवक्ताको लाइसेन्स लिएर वकालत गरेको पनि ६ वर्षै भयो। एलएलएम गरिरहेकी उनी सिनेमाप्रेमीबीच बगर, शस्त्र, लाटो पहाड लगायतका नेपाली र लिम्बू चलचित्रकी नायिकाको रूपमा पनि चिनिन्छिन्।

वचन, मर्दीको किनारमा, कथाकुसुम, किसुनजी लगायत आधा दर्जन टेलिफिल्म र त्यत्ति नै संख्याका म्युजिक भिडियोमा खेलेकी प्रवीण आफ्नो लागि सर्वाधिक रुचिको क्षेत्र चाहिं अभिनय नै भएको बताउँछिन्। एक दशकअघि प्रताप सुब्बाबाट अभिनयको ज्ञान लिएकी उनी चलचित्र क्षेत्रलाई कतिपयले अमर्यादित बनाए पनि यसमा राम्रा कलाकर्मीको कमी नभएको बताउँछिन्। प्रवीण भन्छिन्, “कुनै क्षेत्र आफैंमा नराम्रो हुँदैन, त्यसमा काम गर्नेहरूले राम्रो/नराम्रो बनाउने हो।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम