१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

'कमाइको १०% समाजसेवामा'

Share:
  
- ऋषिराम कट्टेल
p57

ऋषिराम कट्टेल 

हास्यकलाकार दीपाश्री निरौलाले यो तीजको अवसरमा पाँच विकास क्षेत्रमा विशेष रूपले क्रियाशील आमा घरकी दिलशोभा श्रेष्ठ जस्ता पाँच महिलालाई जनही रु.११,५५५ नगदसहित सम्मान गरिन्। दीपा भन्छिन्, “यो कार्यक्रम मैले पहिल्यैदेखि थालेको समाजसेवाको निरन्तरता हो।” 

दीपाले अघिल्लो वर्ष पाएको हरितारा पुरस्कारको रु.२५ हजारमध्ये रु.१५ हजार बिरामी कलाकार जयनन्द चन्द र रु.१० हजार एचआईभी/एड्स पीडित बालबालिकालाई सहयोग गरेकी थिइन्। गएको ३ भदौमा गाईजात्रा कार्यक्रमको समापनमा उनकै अगुवाईमा हास्यकलाकारको समूहले एचआईभी पीडित बालबच्चाको लागि काम गर्दै आएकी रन्जु लामिछानेलाई रु.१ लाख सहयोग गरेको थियो। दीपाले कलाकार साथी दिपकराज गिरीसँग मिलेर 'दिदी (दिपक–दीपा)' सामाजिक संस्था पनि चलाएकी छिन्, असहायहरूका लागि। “मैले आफ्नो कमाइको १० प्रतिशत अनिवार्य समाजसेवामा लगाएकी छु”, दीपा भन्छिन्। 

comments powered by Disqus

रमझम