२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

अब दक्षिण अमेरिका

Share:
  

सातै महादेशका अग्ला शिखर चुम्ने यात्रामा रहेको नेपाली महिला आरोहण टोली आउँदो साता अर्जेन्टिनाको अकन्कागुवा हिमाल आरोहणका निम्ति दक्षिण अमेरिका जाँदैछ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा २–१६ फागुनमा हुन लागेको अकन्कागुवा आरोहणको मूल उद्देश्य महिला शिक्षाको महत्वमा प्रकाश पार्नु र नेपालको पर्यटन प्रवर्द्धन गर्नु रहेको छ।

टोलीमा शैली बस्नेत, माया गुरुङ, पूजन आचार्य, निम्डोमा शेर्पा, पेमादिकी शेर्पा र आशाकुमारी सिंह छन्। आरोहणपछि टोली महिला तथा विद्यार्थीलाई प्रोत्साहन गर्न अर्जेन्टिना र ब्राजिल जानेछ। सर्वोच्च शिखर सगरमाथापछि अस्ट्रेलिया, यूरोप र अफ्रिकाहुँदै दक्षिण अमेरिका पुगेको यो टोलीले त्यसपछि उत्तर अमेरिका र अन्टार्कटिकाका दुई अग्ला हिमाल आरोहण गर्ने लक्ष्य राखेको छ।

अकन्कागुवा आरोहणमा रु.७० लाख जति खर्च लाग्ने अनुमान छ। टोलीलाई नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, विश्व खाद्य कार्यक्रम लगायतका निकायले विविध सहयोग गरेको छ।

comments powered by Disqus

रमझम