२६ माघ-३ फागुन २०७० | 9-15 February 2014

अमेरिकामा ध्रुवेशको कन्सर्ट टुर

Share:
  

सुकर्म म्युजिक ब्याण्डका सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मीले अमेरिकीहरुलाई सितारको धुनबाट लठ्याएका छन्।

फुलब्राइट स्कलरसीपमा न्यूयोर्कमा अध्ययनरत सुकर्म म्युजिक ब्याण्डका सितारवादक डा. रेग्मीलाई अमेरिकाका विभिन्न विश्वविद्यालयले व्याख्यानका साथै स्थानीय कलाकारहरुसँगै सांगीतिक प्रस्तुति दिन निम्त्याइरहेका छन्। यही क्रममा भर्खरै हवाई राज्यको होनुलुलुका दर्शक श्रोतालाई आफ्नो सितारको धुनबाट मुग्ध बनाए डा. रेग्मीले। 'होनोलुलु म्युजियम अफ हार्ट स्कूलमा' भएको कार्यक्रममा उनलाई बाँसुरीवादक रामकुमार सिंह, युनिभर्सिटी अफ ह्युस्टनका प्राध्यापक अन्ना स्ट्रिट, कीर्तन गायिका गिना साला र तवलावादक डेनियल पाउलले साथ दिएका थिए।

पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौंका असोसियट प्रोफेसर डा. रेग्मीको अमेरिका बसाइँ एक महीना मात्र बाँकी रहेकोले धेरै स्थानमा कन्सर्ट टुर गर्न लागिएको 'द सेन्टर फर साउथ एशियन स्टडिज, अमेरिका' ले जनाएको छ।

comments powered by Disqus

रमझम