१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

बेजोड प्रस्तुति ठाडै ठट्टा

Share:
  
p60c

आशुतोष, शैली र जुगल । तस्बीर: डम्बरकृष्ण श्रेष्ठ 

पाटनढोकाको यलमाया केन्द्रमा ३० भदौमा फरक–फरक क्षेत्रका व्यक्तिहरूले दर्शकलाई बेस्सरी हँसाए, ठाडै ठट्टा (स्ट्याण्ड अप कमेडी शो) मार्फत। ठाडै ठट्टा गर्नेमा उद्यमी जुगल भुर्तेल, व्यवस्थापक आशुतोष तिवारी, इन्जिनियर शिक्षित भट्ट, एकाउन्टेन्ट प्रशान्त अर्याल र पत्रकार कुन्द दीक्षितदेखि सगरमाथा आरोही शैली बस्नेतसम्मका 'गैर–कलाकार' थिए। 

राजधानीमा दोस्रो पटक भएको ठाडै ठट्टामा मुक्तक, कवितादेखि समसामयिक राजनीतिसम्मका विषयमा व्यङ्ग्यबाण प्रहार भयो। ६ जनाको प्रस्तुतिपछि मञ्चमा आएका कलाकार मदनकृष्ण श्रेष्ठले ती 'गैर–कलाकार'हरूको घातक प्रहारको खुलेर प्रशंसा गरे। ठाडै ठट्टाकी एक परिकल्पनाकार शैलीले स्टुडियो फोरले हास्यव्यंग्यको यो स्वरुपलाई टेलिभिजनमा ल्याउन लागेको जानकारी दिइन्। 

comments powered by Disqus

रमझम