४-१० फागुन २०७० | 16-22 February 2014

बेंसीशहरका विश्व 'बर्ड'

Share:
  
- गणेश आचार्य
लमजुङका विजय गुरुङ (३६) विश्वको नम्बर वान मोबाइल गेम 'एङ्ग्री बर्ड' का र्जकमध्येका एक हुन्।

सफलताको मामलामा विश्वप्रसिद्ध कम्पनी रोभियो र विजय गुरुङको कथाले मेल खाएको छ। रोभियोले जसरी आफ्नो 'एङ्ग्री बर्ड' विश्वमा यो स्तरमा लोकप्रिय होला भन्ने सोचेको थिएन, विजयलाई पनि कुनै दिन विश्वप्रसिद्ध कम्पनी रोभियोको एक जना कार्यकारी हुँला भन्ने थिएन। तर, आज यी दुवै कुरा भएका छन्। फिनल्याण्डमा जमेका विजय भन्छन्, “मेरा धेरै सपना विस्तारै विपनामा परिणत भएका छन्।”

२५ वर्षको उमेरमा सफ्टवेयरको अन्तर्राष्ट्रिय बजार छिरेका विजय १० वर्षको हुँदा लमजुङको बेंसीशहरबाट पढ्न काठमाडौंको बूढानीलकण्ठ आएका थिए। बूढानीलकण्ठ स्कूलबाट एसएलसी र ओ–लेभलको पढाइ पूरा गरेपछि उनी 'इन्टरनेशनल रिलेशन' मा डिप्लोमा गर्न १९९७ मा बेलायत गए। दुई वर्ष लन्डनमा पढ्दा उनी सफ्टवेयर र एप्लिकेशनहरुको संसारमा तानिन थाले। त्यसपछि मास्टर्स गर्न फिनल्याण्ड पुगेका उनी 'स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम' बाट अमेरिका पुगे।

२००५ मा अमेरिकाबाट फर्केर फिनल्याण्डमै मोबाइलका लागि गेम बनाउने एउटा विल्कुल नयाँ र सानो प्रोजेक्टमा काम थाले। त्यतिवेला रिङटोनदेखि गेमसम्मका मोबाइल बिजनेश सेवा प्रदायककै हातमा हुन्थ्यो। “त्यतिवेलाको एप्लिकेशन डेभलपमेन्ट अहिले जस्तो सजिलो थिएन”, विजय सम्झन्छन्, “जाभा प्रविधिका एपहरु मात्र चल्ने मोबाइलमा स्त्रि्कनको आकार अनुसार एउटै एप्लिकेशनको दर्जनौं भर्सन बनाउनुपर्थ्यो।”

अहिले एप्लिकेशन निर्माताहरुले कुल रेभेन्युको ७० प्रतिशतसम्म शेयर पाउँछन्। त्यतिखेर ५० प्रतिशत पाउनु पनि भाग्यको कुरा हुन्थ्यो। अर्थात् काममा झन्झट र पैसामा कमी थियो। त्यसैकारण सँगै काम थालेका साथी अन्यत्रै लागे, तर विजय डटिरहे। त्यसको दुई वर्षमा कम्पनी बदलेर कम्प्युटर सफ्टवेयर बनाउन थाले। नयाँ कम्पनीमा त्यतिखेर उत्कृष्ट मानिएको मिडिया प्लेयरका लागि काम गर्न पाउँदा विजयको ज्ञान, व्यावसायिक जिम्मेवारी र आम्दानी सबै बढ्यो। त्यसपछि उनी जोडिए रोभियोसँग।

२००३ मा स्थापना भएको रोभियोले 'एङ्ग्री बर्ड' भन्दा पहिले ५१ वटा अरु एप्लिकेशन बनाइसकेको थियो, तर कुनै पनि एप्लिकेशनले बजार पाएको थिएन। यस्तो असफलताका कारण रोभियोमा सात जना डेभलपर मात्र बाँकी थिए। अन्तिम प्रयासस्वरुप आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर त्यो टोलीले 'एङ्ग्री बर्ड' बनायो। त्यसको एक वर्षपछि २०१० मा विजय कि–डाइरेक्टरको रुपमा रोभियोसँग जोडिंदा 'एङ्ग्री बर्ड' आईओएस प्रयोगकर्ताहरुका लागि मात्र थियो, त्यो पनि पैसा तिरेर डाउनलोड गर्न मिल्ने। त्यो अवस्थामा उनको प्रमुख जिम्मेवारी थियो– तुरुन्त 'एङग्री बर्ड' को प्रयोगकर्ताको संख्या बढाउने।

त्यसपछि उनले धमाधम चीन, ताइवान र कोरियाका मोबाइल फोन सेवा प्रदायकहरुसँग सम्झौता गर्न थाले, जसले केही हप्तामै नतीजा देखाउन थाल्यो। डाउनलोड गर्नेहरुको संख्या बढाउन उनले 'एङ्ग्री बर्ड' लाई एन्ड्रोइडमा लगेर सित्तैंमा डाउनलोड गर्न दिने प्रस्ताव राखे। “तर प्रश्न आयो, आम्दानीको”, उनी भन्छन्, “लामो समयको छलफलपछि विभिन्न एड नेटवर्क मार्फत गेममा प्रचार सामग्री राख्ने निर्णय भयो।

एड नेटवर्कहरुसँग सम्झौता गर्ने जिम्मा पनि विजयकै काँधमा आयो। उनले अमेरिका, चीन र पूर्वी एशियाली देशहरुका एड नेटवर्कहरुसँगबाट सम्झौता प्रक्रिया शुरु गरे। उनले सामसुङ, एलजी, सोनी, नोकिया लगायतका मोबाइल फोन उत्पादकसँग पनि सम्झौता प्रक्रिया अगाडि बढाए। यसरी नयाँ मोबाइल सेटहरुमा समेत 'एङ्ग्री बर्ड' इन्स्टल भएर आउन थाल्यो। यसरी उनी नाम र दामको मालिक बनेका छन्। उनी लाखौंको लागि आदर्श पनि बनेका छन्। जहाँ जान्छन्, केही सोध्ने र तस्वीर खिच्नेहरुको भीड लाग्छ।

'एङ्ग्री बर्ड' को प्रारम्भिक भर्सनमा अहिले खलनायकका रुपमा देखिने सुँगुर थिएन। विजय रोभियो टोलीमा आएपछि 'एङ्ग्री बर्ड' को ग्राफिक्स र साउण्डदेखि कथासम्ममा धेरै परिमार्जन भइसकेको छ। एन्ड्रोइडमा सित्तैंमा डाउनलोड गर्न मिल्ने बनाएपछि 'एङ्ग्री बर्ड' गजबले लोकप्रिय भयो। यसलाई गणितका किताबमा समेत राखिन थाल्यो– दुई वटा चरा र तीन वटा सुँगुर जोड्यो भने कति हुन्छ भन्दै।

अहिलेसम्म आईओएस र एन्ड्रोइड सबै गरी 'एङ्ग्री बर्ड' २० खर्ब पटक डाउनलोड भइसकेको छ। विजयकै अग्रसरतामा यसको एनिमेटेड कार्टून २० भन्दा बढी देशका टेलिभिजनहरुमा प्रसारण भइरहेको छ। “२०१६ मा हामी हलिउडबाट एनिमेटेड फिल्म बनाउँदैछौं”, कार्टून किताब लगायत कम्पनीको अरु पब्लिकेशनको जिम्मा पाएका उनी भन्छन्।

सबभन्दा महत्वपूर्ण कुरा, विजयको योगदानलाई ८५० कर्मचारी रहेको रोभियोले मात्र हैन, प्रतिस्पर्धी कम्पनीहरुले पनि उच्च मूल्यांकन गरेका छन्। सबभन्दा प्रसिद्ध गेम वितरणका प्रमुख व्यक्ति विजय वर्षमा एकपटक बुबाआमालाई भेट्न बेंसीशहर आउँछन्। गाउँका भाइबहिनीलाई 'एङ्ग्री बर्ड' को स्टिकरहरु बाँड्छन्। गिफ्ट पाएर रमाउने नानीहरुलाई हेरेर उनी 'एङ्ग्री बर्ड' लाई नेपालसँग जोड्न चाहन्छन्। “तर, चीन र भारतमा पनि केही काम भइरहेकाले यो क्षेत्रमा थप विस्तारको योजना छैन”, विजय भन्छन्, “मैले गर्दा व्यक्तिगत रुपमै गर्ने हो।” ल

सफलताको मामलामा विश्वप्रसिद्ध कम्पनी रोभियो र विजय गुरुङको कथाले मेल खाएको छ। रोभियोले जसरी आफ्नो 'एङ्ग्री बर्ड' विश्वमा यो स्तरमा लोकप्रिय होला भन्ने सोचेको थिएन, विजयलाई पनि कुनै दिन विश्वप्रसिद्ध कम्पनी रोभियोको एक जना कार्यकारी हुँला भन्ने थिएन। तर, आज यी दुवै कुरा भएका छन्। फिनल्याण्डमा जमेका विजय भन्छन्, “मेरा धेरै सपना विस्तारै विपनामा परिणत भएका छन्।”

२५ वर्षको उमेरमा सफ्टवेयरको अन्तर्राष्ट्रिय बजार छिरेका विजय १० वर्षको हुँदा लमजुङको बेंसीशहरबाट पढ्न काठमाडौंको बूढानीलकण्ठ आएका थिए। बूढानीलकण्ठ स्कूलबाट एसएलसी र ओ–लेभलको पढाइ पूरा गरेपछि उनी 'इन्टरनेशनल रिलेशन' मा डिप्लोमा गर्न १९९७ मा बेलायत गए। दुई वर्ष लन्डनमा पढ्दा उनी सफ्टवेयर र एप्लिकेशनहरुको संसारमा तानिन थाले। त्यसपछि मास्टर्स गर्न फिनल्याण्ड पुगेका उनी 'स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम' बाट अमेरिका पुगे।

२००५ मा अमेरिकाबाट फर्केर फिनल्याण्डमै मोबाइलका लागि गेम बनाउने एउटा विल्कुल नयाँ र सानो प्रोजेक्टमा काम थाले। त्यतिवेला रिङटोनदेखि गेमसम्मका मोबाइल बिजनेश सेवा प्रदायककै हातमा हुन्थ्यो। “त्यतिवेलाको एप्लिकेशन डेभलपमेन्ट अहिले जस्तो सजिलो थिएन”, विजय सम्झ्ान्छन्, “जाभा प्रविधिका एपहरु मात्र चल्ने मोबाइलमा स्त्रि्कनको आकार अनुसार एउटै एप्लिकेशनको दर्जनौं भर्सन बनाउनुपर्थ्यो।”

अहिले एप्लिकेशन निर्माताहरुले कुल रेभेन्युको ७० प्रतिशतसम्म शेयर पाउँछन्। त्यतिखेर ५० प्रतिशत पाउनु पनि भाग्यको कुरा हुन्थ्यो। अर्थात् काममा झ्ान्झ्ाट र पैसामा कमी थियो। त्यसैकारण सँगै काम थालेका साथी अन्यत्रै लागे, तर विजय डटिरहे। त्यसको दुई वर्षमा कम्पनी बदलेर कम्प्युटर सफ्टवेयर बनाउन थाले। नयाँ कम्पनीमा त्यतिखेर उत्कृष्ट मानिएको मिडिया प्लेयरका लागि काम गर्न पाउँदा विजयको ज्ञान, व्यावसायिक जिम्मेवारी र आम्दानी सबै बढ्यो। त्यसपछि उनी जोडिए रोभियोसँग।

२००३ मा स्थापना भएको रोभियोले 'एङ्ग्री बर्ड' भन्दा पहिले ५१ वटा अरु एप्लिकेशन बनाइसकेको थियो, तर कुनै पनि एप्लिकेशनले बजार पाएको थिएन। यस्तो असफलताका कारण रोभियोमा सात जना डेभलपर मात्र बाँकी थिए। अन्तिम प्रयासस्वरुप आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर त्यो टोलीले 'एङ्ग्री बर्ड' बनायो। त्यसको एक वर्षपछि २०१० मा विजय कि–डाइरेक्टरको रुपमा रोभियोसँग जोडिंदा 'एङ्ग्री बर्ड' आईओएस प्रयोगकर्ताहरुका लागि मात्र थियो, त्यो पनि पैसा तिरेर डाउनलोड गर्न मिल्ने। त्यो अवस्थामा उनको प्रमुख जिम्मेवारी थियो– तुरुन्त 'एङग्री बर्ड' को प्रयोगकर्ताको संख्या बढाउने।

त्यसपछि उनले धमाधम चीन, ताइवान र कोरियाका मोबाइल फोन सेवा प्रदायकहरुसँग सम्झ्ाौता गर्न थाले, जसले केही हप्तामै नतीजा देखाउन थाल्यो। डाउनलोड गर्नेहरुको संख्या बढाउन उनले 'एङ्ग्री बर्ड' लाई एन्ड्रोइडमा लगेर सित्तैंमा डाउनलोड गर्न दिने प्रस्ताव राखे। “तर प्रश्न आयो, आम्दानीको”, उनी भन्छन्, “लामो समयको छलफलपछि विभिन्न एड नेटवर्क मार्फत गेममा प्रचार सामग्री राख्ने निर्णय भयो।”

एड नेटवर्कहरुसँग सम्झौता गर्ने जिम्मा पनि विजयकै काँधमा आयो। उनले अमेरिका, चीन र पूर्वी एशियाली देशहरुका एड नेटवर्कहरुसँगबाट सम्झ्ाौता प्रक्रिया शुरु गरे। उनले सामसुङ, एलजी, सोनी, नोकिया लगायतका मोबाइल फोन उत्पादकसँग पनि सम्झौता प्रक्रिया अगाडि बढाए। यसरी नयाँ मोबाइल सेटहरुमा समेत 'एङ्ग्री बर्ड' इन्स्टल भएर आउन थाल्यो। यसरी उनी नाम र दामको मालिक बनेका छन्। उनी लाखौंको लागि आदर्श पनि बनेका छन्। जहाँ जान्छन्, केही सोध्ने र तस्वीर खिच्नेहरुको भीड लाग्छ।

'एङ्ग्री बर्ड' को प्रारम्भिक भर्सनमा अहिले खलनायकका रुपमा देखिने सुँगुर थिएन। विजय रोभियो टोलीमा आएपछि 'एङ्ग्री बर्ड' को ग्राफिक्स र साउण्डदेखि कथासम्ममा धेरै परिमार्जन भइसकेको छ। एन्ड्रोइडमा सित्तैंमा डाउनलोड गर्न मिल्ने बनाएपछि 'एङ्ग्री बर्ड' गजबले लोकप्रिय भयो। यसलाई गणितका किताबमा समेत राखिन थाल्यो– दुई वटा चरा र तीन वटा सुँगुर जोड्यो भने कति हुन्छ भन्दै।

अहिलेसम्म आईओएस र एन्ड्रोइड सबै गरी 'एङ्ग्री बर्ड' २० खर्ब पटक डाउनलोड भइसकेको छ। विजयकै अग्रसरतामा यसको एनिमेटेड कार्टून २० भन्दा बढी देशका टेलिभिजनहरुमा प्रसारण भइरहेको छ। “२०१६ मा हामी हलिउडबाट एनिमेटेड फिल्म बनाउँदैछौं”, कार्टून किताब लगायत कम्पनीको अरु पब्लिकेशनको जिम्मा पाएका उनी भन्छन्।

सबभन्दा महत्वपूर्ण कुरा, विजयको योगदानलाई ८५० कर्मचारी रहेको रोभियोले मात्र हैन, प्रतिस्पर्धी कम्पनीहरुले पनि उच्च मूल्यांकन गरेका छन्। सबभन्दा प्रसिद्ध गेम वितरणका प्रमुख व्यक्ति विजय वर्षमा एकपटक बुबाआमालाई भेट्न बेंसीशहर आउँछन्। गाउँका भाइबहिनीलाई 'एङ्ग्री बर्ड' को स्टिकरहरु बाँड्छन्। गिफ्ट पाएर रमाउने नानीहरुलाई हेरेर उनी 'एङ्ग्री बर्ड' लाई नेपालसँग जोड्न चाहन्छन्। “तर, चीन र भारतमा पनि केही काम भइरहेकाले यो क्षेत्रमा थप विस्तारको योजना छैन”, विजय भन्छन्, “मैले गर्दा व्यक्तिगत रुपमै गर्ने हो।”

comments powered by Disqus

रमझम