४-१० फागुन २०७० | 16-22 February 2014

नेपाली गल्फर जर्मनीमा जमे

Share:
  

सीता मादेम्बा

पाँच वर्षको उमेरमा घोपा क्याम्पमा गोराहरुले गल्फ खेलेको देखेका धरान–१९ का सविन सापकोटा (३४) ले जर्मनहरुलाई गल्फ सिकाउन थालेको १३ वर्ष भयो।

बुबा रिठ्ठे सापकोटाको सहयोगमा जर्मनी पुगेका सविनले मार्को चाओससँग मिलेर ड्रस्टेन एलफोरेन्स नामक गल्फ क्लब खोलेका छन्, जसमा ८५० सदस्य छन्। सन् २००६ मा सम्पन्न हिमालयन ब्याङ्क कप च्याम्पियनसीप र २००९ को सूर्य नेपाल इस्टर्न ओपनमा प्रथम भएका उनी पाँच वटा राष्ट्रिय प्रतियोगिताका दोस्रा हुन्। केही वर्षपछि देश फर्केर गल्फ खेलाडी उत्पादन गर्ने सोचमा रहेका सविन भन्छन्, “नेपालमा गल्फको राम्रो भविष्य छ।”

धरानमा ब्रिटिश क्याम्प हुँदा सविनका बुबा रिठ्ठे क्यारी ब्वाई थिए। त्यही क्रममा गल्फ सिकेर व्यावसायिक गल्फर बनेका उनी १९९७ मा प्रशिक्षक बनेर काठमाडौंको गोकर्ण गल्फमा गए। त्यताबाटै जर्मनी पुगेका उनी अहिले इरफ्रुर्ट गल्फ क्लबमा प्रशिक्षक छन्। बुबाको पछिपछि व्यावसायिक खेलाडी बनेका सविन पनि प्रशिक्षक बनेर २००१ मा जर्मनी पुगे।

सविनका माइला भाइ सुमन पनि गल्फका व्यावसायिक खेलाडी हुन्। त्यस्तै कान्छा भाइ रोशन पनि गल्फ खेलाडी हुन्।

सीता मादेम्बा, धरान

comments powered by Disqus

रमझम