१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

साहित्यिक कुम्भ

Share:
  
p61b

अद्वैता कला 

p61a

विनोद मेहता  

यही ४–७ असोजका लागि निर्धारित दोस्रो 'एनसेल नेपाल लिटरेचर फेस्टिवल'मा नेपाल र नेपाल बाहिरका १०० लेखक जम्मा हुने आयोजकले जनाएको छ। महोत्सवका निर्देशक अजित बरालका अनुसार नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुने यो साहित्य मेलामा समानान्तर रूपमा ४० सत्र सञ्चालन हुनेछ, जसमा १० हजारभन्दा बढी पाठकले लेखकहरूसँग अन्तरङ्ग संवाद गर्नेछन्। मुख्य आयोजक 'दि बुकवर्म ट्रष्ट' रहेको यो 'फेस्टिवल'मा मनप्रसाद सुब्बा, अभि सुवेदी, ध्रुवचन्द्र गौतम, कुमार प्रधान, खगेन्द्र संग्रौला, भुवन ढुंगाना, चैतन्य मिश्र आदि नेपाली लेखकसँगै विनोद मेहता, अमिश त्रिपाठी, अद्वैता कलालगायतका भारतीय लेखकहरू सहभागी हुनेछन्। साहित्यका पाठकहरू कार्यपत्र माथि हुने छलफल–बहस, पुस्तक लोकार्पण, लेखकको हस्ताक्षरका साथ पुस्तक किन्ने जस्ता रोचक क्रियाकलापमा सहभागी हुनेछन्। यस्ता 'फेस्टिवल'हरूले नेपाली साहित्यको दायरा र गुणस्तर उकास्ने अपेक्षा ट्रष्टले गरेको छ। अजित भन्छन्, “यो महोत्सवले हाम्रो पठन संस्कृति र साहित्यको प्रबर्द्धनका साथै विश्वलाई नेपाली साहित्य चिनाउने बौद्धिक मन्थन हुनेछ।” 

comments powered by Disqus

रमझम