४-१० फागुन २०७० | 16-22 February 2014

महाभारतमा खुकुरी!

Share:
  

हिन्दी फिल्महरुमा यदाकदा खुकुरी देखिने गरेकोमा २४ माघमा स्टार प्लस टेलिभिजनमा प्रसारण भएको 'महाभारत' को द्रौपदी–अर्जुन स्वयम्बरमा क्रूध बनेका शकुनिले सिरुपाते नै नचाए (हे. तस्वीर)। २०० भागको धारावाहिक 'महाभारत' मा शकुनि बनेका कलाकार प्रनित भट्ट कम्मरमा खुकुरी भिरेका देखिन्छन्।

हिन्दी धार्मिक सिरियलमा नेपाली खुकुरी कसरी आयो त? कसरी भने यसका निर्देशक लोकनाथ पाण्डे गुल्मी अस्लेवाका नेपाली हुन्। ६ वर्षदेखि हिन्दी सिरियलहरुको सफल निर्देशक बनेका पाण्डेको 'महाभारत' मा सिरुपाते खुकुरी देखिनु कुन ठूलो कुरा भयो र !

comments powered by Disqus

रमझम