४-१० फागुन २०७० | 16-22 February 2014

कसौंडीको स्वाद

Share:
  

ललितपुरको हरिहरभवनमा ६ महीनाअघि खुलेको कसौंडी चुल्होले छोटो समयमै खानपानका सौखिनहरुको जिब्रो लठ्याउन थालेको छ। यहाँ दाउराको अगेनोमा कसौंडीमा पकाएको मासुसँगै चाइनिज, कन्टिनेन्टल र नेपाली परिकारहरु पाइन्छ। आगोमा पकाएका खानेकुराको स्वाद नै फरक हुन्छ।

यूएन अफिस अगाडिको कसौंडी चुल्होको नेपाली खानालाई विदेशीले समेत औधी रुचाएका छन्। खाना थाली, कसौंडी मटन, ग्रिल चिकेन, मःम र चाइनिज चप्सी कसौंडीका चल्तीका परिकार हुन्। कसौंडी चुल्हो ३२ वर्ष पाँच तारे होटल एभरेष्टको व्यवस्थापन विभागमा काम गरेका प्रल्हाद थापा, नाङ्लो बेकरीमा ९ वर्ष काम गरेका गणेश प्रधानाङ्ग र ११ वर्षदेखि फेमस मःम स्टिक हाउस चलाइरहेका हरि थापा मिलेर खोलेका हुन्। एक पटकमा ७० जनासम्मलाई टेबल उपलब्ध भएको कसौंडी चुल्होमा पार्किङ सुविधा सहित पार्टी र मिटिङका लागि चार वटा साना–ठूला हल समेत छन्।

दुबईमा ७ वर्ष काम गरेका सेफ बलराम पाण्डे र राजकुमार थापा सहित १३ जना कर्मचारी ग्राहकको सेवामा हरदम तयार रहन्छन्। कसौंडी चुल्होको वातावरण पनि पारिवारिक खालको छ।

अनुशील

comments powered by Disqus

रमझम