१-१५ असोज २०६९ | 17 Sep-1 Oct 2012

शास्त्रीय सम्मेलन

Share:
  
p61d

 शास्त्रीय संगीत कार्यक्रम पातलिएका बेला नेपालका प्रतिनिधि शास्त्रीय संगीत कलाकार ३ असोजमा एउटै प्रेक्षागृहमा प्रस्तुत हुँदैछन्। परम्परा समूह सांगीतिक समूहको आयोजनामा हुने बृहत् युवा शास्त्रीय संगीत सम्मेलनमा होमनाथ उपाध्यायको तबला र डा. धु्रवेशचन्द्र रेग्मीको सितारको नाद सुन्न पाइनेछ।

शुभिभा श्रेष्ठले कत्थक नृत्य प्रस्तुत गर्ने कार्यक्रममा चण्डी काफ्ले, शिव पौडेल, तेजावती जोशी, मालती आचार्य, सुजाता बर्मा, राज सिग्देल, मनोमोहन थपलिया, शिव परियार आदि युवा पुस्ताका कलाकारका आलाप सुन्न पाइनेछ। अम्बर गुरुङको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने कार्यक्रम शास्त्रीय संगीत पारखीहरूका लागि एउटा अवसर भएको आयोजक संस्थाका अध्यक्ष उत्तम रिमालले बताए। 

comments powered by Disqus

रमझम