१८-२४ फागुन २०७० | 2-8 March 2014

लेकसाइडमा ब्याम्बु किचेन

Share:
  

फेवातालको 'वेष्ट भ्यू' देखिने पोखरा लेकसाइडका रेस्टुराँमध्ये ब्याम्बु किचेन एण्ड बार नाम जस्तै बाँसबाट बनेको छ। यो रेस्टुराँका आरामदायी कुर्सी र 'काउच' पनि बाँसकै छन्।

रेस्टुराँले पस्किने टोस्ट, भुटेको अण्डा, ससेज र राजमाको सेट राम्रो ब्रेकफास्ट हो। मायोनिज, सलाद सहितको एग स्याण्डवीचबाट पनि बिहानको भोक मेटाउन सकिन्छ। इङ्गलिश ब्रेकफास्ट र एग स्याण्डवीच यहाँको चल्तीका परिकार हुन्। भेनिला आइसक्रिम राखिएको ठूलो प्यानकेक यहाँ पाइने परिकारमध्येकै स्वादिष्ट छ।

ब्याम्बु किचेनमा पाइने भोड्का, जीन, रम र टकिलाको मिश्रणबाट बनेको ककटेल दिनभरको थकान मेट्नका लागि पर्याप्त छ। अलि धेरै नै पिएकाहरुलाई रिफ्रेश हुन बारमा मिल्क शेक पनि उपलब्ध छन्।

comments powered by Disqus

रमझम