२५ फागुन १ चैत २०७० | 9-15 March 2014

हेत्छाकुप्पाकी क्याप्टेन

Share:
  
एकदशकदेखि अभिनयमा सक्रिय धरानकी पशुपति राई (२८) नाटक निर्देशनको रुपमा पनि प्रशंसित छन्।

बिक्रम राई
मण्डला थिएटर, अनामनगरमा मञ्चन भइरहेको (१६ फागुन–२ चैत) नाटक हेत्छाकुप्पा ले मनग्ये दर्शक पाइरहेको छ। किरात मिथकमा आधारित यो नाटककी निर्देशक पशुपति राई भन्छिन्, “किरात राई समाजमा जन्मदेखि मृत्युसम्मका जुनसुकै सांस्कृतिक कर्ममा अनिवार्य आउने पुर्खापात्र हेत्छाकुप्पा को कथालाई दर्शकले धेरै मन पराएका छन्।”

२०६० सालबाट धरानको अनाम नाट्य समूहमा आएकी पशुपति गत आठ वर्षदेखि आरोहण गुरुकुलमा आबद्ध थिइन्। त्यही क्रममा दुईवर्षे अभिनय कोर्ष गरेकी उनले सो अवधिमा खरीको घेरो, बाघभैरव, बाठी रानी, सेतो कपाल, महादेवीको सपना, तारावाजी लै लै, एल्मोमुनिको तिर्खा लगायतका एक दर्जन नाटकमा उम्दा अभिनय गरिन्। यसअघि नाटक पसिना को निर्देशन गरेकी उनी हेत्छाकुप्पा ले आफूलाई निर्देशकको रुपमा स्थापित गरेको ठान्छिन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम