२-८ चैत २०७० | 16-22 March 2014

सुरभिबाट निरन्तर

Share:
  
लोकदेखि आधुनिक गीतमा लागेकी मालती आचार्य (३६) अहिले शास्त्रीय गायनमा जमेकी छन्।

पाँच वर्षअघि शास्त्रीय गायनमा एमम्युज गरेकी धनकुटाकी मालती आचार्य अलि गम्भीर हुनुपर्‍यो भनेर शास्त्रीय संगीतमा लाग्दा यसैमा रत्तिएको बताउँछिन्। “अब त १७ वर्ष भइसक्यो”, उनले भनिन्।

ऋषिराम कट्टेल

चन्दन श्रेष्ठबाट शास्त्रीय संगीतको ज्ञान लिएकी उनलाई अहिले किराँतेश्वर संगीत आश्रम, कपन संगीत सरोवर र यलमाया केन्द्र लगायतमा सुन्न सकिन्छ। सुकर्म सांगीतिक समूहको 'सुकर्म', सरिता मिश्रको 'अबको नेपाल' लगायत एक दर्जन अल्बममा स्वर भरेकी मालती अहिले सुरभि संगीत पाठशाला खोलेर शास्त्रीय गायन सिकाइरहेकी छन्।

अहिले संगीतमा आउनेहरुले शास्त्रीय संगीतको महत्वबोध गरेको उनको अनुभव छ। “रहरै मात्र हो भने अलग कुरा”, मालती भन्छिन्, “हैन, संगीतमै अडिन्छु भन्ने लाग्छ भने शास्त्रीय संगीतको ज्ञान हुनै पर्छ।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम