९-१५ चैत २०७० | 23-29 March 2014

पत्रुबाट पैसा

Share:
  

शब्द/तस्वीरः सपना शाह

बालाजुको शाक्य अल्मुनियम इन्डस्ट्रिजमा तयार भएको सामान र मेशीनमा भाँडाकुँडा तयार गरिंदै।

उद्योगका कामदार अल्मुनियम पगालेर पाता बनाउँदै।

भारत सीतामढी, सिम्रीका विनोद ठाकुर (४५) हरेक दिन काठमाडौं खाल्डोका गाउँघर डुलेर 'सिलाबर' का नयाँ भाँडाकुँडाले ती सामानका पत्रु र नगद साट्छन्। बियर र कोल्ड ड्रिङ्सका क्यानदेखि टुटेफुटेका घरायसी सामानसम्ममा साटेर उनी सरासर अल्मुनियम 'रिसाइकल' गर्ने उद्योगमा पुग्छन्। काठमाडौंका आधा दर्जन उद्योगमा विनोद जस्ता करीब २०० संकलक छन्। गत २० वर्षदेखि काठमाडौंमा यो काम गरिरहेका विनोद मासिक रु.१५ हजारदेखि २० हजारसम्म बचाउँछन्। यही कमाइले गाउँमा पक्की घर बनाएका उनले छोराछोरीको बिहे खर्चको समेत जोहो गरिसकेको बताए। “पत्रु भाँडाकुँडा किलोको रु.१२० देखि रु.१३० सम्ममा किनेर उद्योगलाई रु.१५० देखि रु.१७० सम्ममा बेच्छौं”, विनोद भन्छन्, “अनि त्यसबाट बनेका नयाँ भाँडाकुँडा प्रतिकिलो रु.३५० मा किनेर रु.४०० का दरले बेच्छौं।”

माछापोखरीस्थित अल्मुनियम उद्योगमा जम्मा पारिएको कोल्ड ड्रिङ्सका क्यान।

काठमाडौंको साङ्ला गाविसमा एक महिला नयाँ सामान लिएपछि।

काठमाडौंको साङ्ला गाविसमा पत्रु भाँडा लिंदै विनोद ठाकुर ।

comments powered by Disqus

रमझम