९-१५ चैत २०७० | 23-29 March 2014

कलाकारका प्रिन्ट

Share:
  

ललितकला केन्द्रीय विभागका पाँच विद्यार्थीले प्रिन्ट माध्यमको पहिलो कला प्रदर्शनी शुरू गरेका छन्। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोवहाल, ललितपुरको नेवा चेन आर्ट ग्यालरीमा शुरू गरिएको यो 'लिथो एन्ड इचिङ्ग ग्रुप एक्जिविशन' १२ वैशाखसम्म चल्नेछ।

कलाकारहरु क्रमशः अनिता खनाल, मञ्जु खड्का र सुजिता महर्जन

प्रदर्शनीमा अनिता खनाल, कृष्णमाया सुवाल, मञ्जु खड्का, सुजिता महर्जन र सुष्मा शाक्यका कला छन्। पाँचै कलाकार स्नातकोत्तर तहका विद्यार्थी हुन्। लिथोग्राफ र इचिङ्गलाई पेन्टिङमा जटिल विधा मानिन्छ। नेपालमा लिथोग्राफी प्रिन्ट विधि आएको दुई वर्ष मात्र भएकोले यो नै यस खालको पहिलो प्रदर्शनी हो। ललितकलाको लिथोग्राफ र इचिङ्ग विधिमा मेशीन र एसिडको प्रयोग हुन्छ।

देबकी बिष्ट

comments powered by Disqus

रमझम