१६-२२ चैत २०७० | 30 March-5 April 2014

अप्सरा रारा

Share:
  

तस्वीरः दीर्घराज उपाध्याय

अप्सरा राराः कर्णाली, मुगुस्थित रारा तालले बाह्रै महीना मौसम अनुसारको सौन्दर्य ग्रहण गर्छ। अप्सरासँग तुलना गरिने राराको यो २९ फागुनको रूप हो। त्यो अपराह्न पग्लिएको राराको सतहमा छायाँनाथ, चंखेली लगायतका हिमाल अडिन खोजिरहेका थिए। मुगुको ताल्चा विमानस्थलबाट तीन घण्टा पैदलमा पुगिने रारा नेपालको सबभन्दा ठूलो ताल हो। पाँच किलोमिटर लम्बाइ र तीन किमि चौडाइमा फैलिएको रारा १६७ मिटर गहिरो छ।

comments powered by Disqus

रमझम