१६-२२ चैत २०७० | 30 March-5 April 2014

वन्डरल्याण्डमा चिकेन–६५

Share:
  

झापाको वन्डरल्याण्ड मल्टीपर्पोज प्रालिले दमक–१६ ताराबारीमा खोलेको वन्डरल्याण्ड रेस्टुरेन्टका परिकारमध्ये चिकेन–६५ र पेड थाइ तोम्यामले धेरैलाई लोभ्याएको छ। फ्राई गरिएको कुखुराको छातीलाई धनियाँ र टमाटरको धूलो, कागती र लसुनको ससमा मिसाएर पकाइने चिकेन–६५ लाई पूर्वी एशियाली खान्की मानिन्छ। यसैगरी, सी फूड, लेमनग्रास, गाजर आदिबाट बन्ने पेड थाइ तोम्याम पश्चिम एशियाली खान्की हो। पूर्व–पश्चिम राजमार्गमा पार्किङ, वाइफाई र स्वीमिङपुल सहित खुलेको होटलमा यी परिकार खान आउनेमा धेरैजसो विदेश बसेर आएका नेपाली भएको प्रबन्धक विदुर लामा बताउँछन्।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम