१६-३० असोज २०६९ | 2-16 October 2012

महोत्सवका सारथि

Share:
  
r5
 
 

“भव्य र सभ्य' साहित्य मेला सफल पारेकोमा महोत्सव निर्देशक अजित बराल र कार्यकारी निर्देशक निरज भारी (हे. तस्बीर) अवश्य पनि बधाईका पात्र बनेका छन्। वक्ताहरूले मञ्चबाटै यी तन्नेरीको प्रशंसा गर्न बिर्सेनन्। 

८/९ वर्षअघि क्याम्पस पढ्दै गर्दा अजित र निरजले यस्तो महोत्सवको परिकल्पना गरेका थिए। पाँच वर्षअघि फाइन प्रिन्ट प्रकाशन गृह खोलेका यी दुईले यस्तै कर्मका लागि 'दि बुकवर्म ट्रष्ट' स्थापना गरेका थिए, मन मिल्ने केही साथीको साथ लिएर। भारतीय साहित्य सम्मेलनहरूमा सहभागिता हुँदा नेपालमा पनि अन्तर्राष्ट्रिय महोत्सव गर्ने हुटहुटी थपिएको अजित बताउँछन्। आफ्नो रुचिको काम गर्दै जाँदा बृहत् जमघट गर्न सफल भएको बताउने अजित भन्छन्, “यसबाट पाउने आत्मसन्तुष्टि नै हाम्रा लागि ठूलो कुरा हो।”  
 
समाजलाई आफ्नो आत्मसन्तुष्टिकै लागि किन नहोस् राम्रो काम गर्ने नेपालीहरूको धेरै खाँचो पनि छ। प्रस्तावित पोखरा महोत्सवले आयोजकहरूको आत्मसन्तुष्टि र उत्साह बढाउने अपेक्षा गर्न सकिन्छ।
comments powered by Disqus

रमझम