७-१३ वैशाख २०७१ | 20-26 April 2014

भर्सटायल आकांक्षा

Share:
  
पाल्पा, मदनपोखराकी आकांक्षा बस्याल (१७) नेपाली गीतमा प्रतिभाशाली गायिकाको रुपमा उदाएकी छन्।

२०६७ सालमा इमेज च्यानलले आयोजना गरेको संगीत प्रतिभा खोज्ने देशव्यापी कार्यक्रम भ्वाइस अफ टिन मा प्रथम भएपछि आकांक्षाले कहिल्यै पछि फर्कनुपरेको छैन। संगीतकार राजु सिंह भन्छन्, “अब्बल गायकी, मौलिक आवाज र जस्तो पनि गीतमा फिट हुने खुबीले आकांक्षालाई नेपाली गीत–संगीतको क्षेत्रमा उम्दा कलाकार बनाएको छ।”
बुटवलमा १२ कक्षा पढिरहेकी उनी राजधानीका स्टुडियोहरुमा व्यस्त हुन्छिन्।

भ्वाइस अफ टिन मा भाग लिंदा बुटवलमै ९ कक्षामा पढ्दै गरेकी उनी अहिले पनि उतैबाट धाएर अल्बम निकाल्नेदेखि फिल्ममा गाउनेसम्म गरिरहेकी छन्। पहिलो एकल अल्बम मेरो आकांक्षा निकालेकी उनी अहिले साकार को तयारीमा छिन्। पहिलो अल्बमको मेरो रुप हेरीहेरी बाट विन्ध्यवासिनी म्युजिक अवार्डमा सर्वोत्कृष्ट पप गायिका भएकी आकांक्षाको दोस्रो अल्बम साकार को गीत तिमी छौ र त माया छ सार्वजनिक हुनुअघि नै लोकप्रिय भएको छ। “यु ट्युबमा मात्र ८ लाखले हेरिसके”, आधा दर्जन चलचित्रमा गाइसकेकी आकांक्षा भन्छिन्।

आधुनिक र पप गीतमा मन दिएकी उनी बुटवलका स्टेज कार्यक्रमहरुको प्रमुख आकर्षण हुन्। नारायण गोपाल र अरुणा लामाकी फ्यान आकांक्षा अब काठमाडौं पसेर गायनमा जम्ने सुरमा छिन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम