१६-३० असोज २०६९ | 2-16 October 2012

इमेज अवार्ड १४ वर्षमा

Share:
  
r7
 
 

नेपाली संगीतकर्मीको लागि महत्वपूर्ण मानिने इमेज अवार्डको १४औं संस्करण २० असोजमा हुँदैछ। वर्षभरि रेकर्ड भएर १ असार २०६८–६९ जेठ मसान्तभित्र सार्वजनिक भएका नेपाली सर्जकका गीत, अल्बम र म्यूजिक भिडियोहरू अवार्डको प्रतिस्पर्धामा छन्। २० विधाको यो अवार्डको लागि निर्णायक मण्डलबाट प्राप्त मत र एसएमएस भोटिङको आधारमा विजेता घोषणा गरिने छ। यो अवार्डमा यस वर्षदेखि सर्वोत्कृष्ट लोकगीत र सर्वोत्कृष्ट दोहोरी विधालाई पनि समावेश गरिएको आयोजकले जनाएको छ। यो वर्षको इमेज लाइफटाइम एचिभमेन्ट अवार्ड का लागि वरिष्ठ निर्देशक एवं गीतकार यादव खरेल छानिएका छन्।  

 
उत्कृष्ट पाँचको नोमिनेशनमा परेका अवार्डका प्रतिस्पर्धी कलाकारहरूले दमक, पथरी, इटहरी, वीरगंज, सुर्खेत, नेपालगंज, दाङ, पोखरालगायतका शहरमा सांगीतिक प्रस्तुतिसँगै दर्शकसँग एसएमएस भोट मागेका छन्। इमेज अवार्ड मा सहकार्य गर्दै आएको गोरखा ब्रुअरीको टुवोर्ग बियरका मार्केटिङ म्यानेजर सौरभ कारंजितले यस्तो आयोजनाले सङ्गीत साधक, सङ्गीतकर्मी, सर्जक, कलाकार र प्रतिभाहरूलाई उत्साहित पार्ने बताए। संगीतकार न्ह्यू बज्राचार्य भन्छन्, “राम्रो कलाकारले अवार्ड पाउँदा अवार्डको गरिमा बढ्छ, त्यसैले अवार्डलाई अझै गरिमामय बनाउन ध्यान दिनुपर्छ।” 
 
ऋषिराम कट्टेल 

 

comments powered by Disqus

रमझम