१-१५ असार २०६९ | 15-29 June 2012

हिमाल डायरी

Share:
  

१६ जेठः अन्तरिम संविधानको धारा ३८ को उपधारा ७ अनुसार बाबुराम भट्टराई कामचलाउ सरकारका प्रधानमन्त्री भइसकेको राष्ट्रपति रामवरण यादवद्वारा स्मरण। 

संविधानसभा विघटनपछि एमाओवादी–मधेशी मोर्चा र कांग्रेस–एमालेको नेतृत्वमा दलहरूको छुट्टा–छुट्टै मोर्चा निर्माण। 


१७ जेठः डोटीको खिरसैनमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु। 

१८ जेठः सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको ललितपुरको युएनपार्क नजिक गोली हानेर हत्या। गोली प्रहारबाट बमका साथी राम गिरी र अंगरक्षक असई महेश गिरी गम्भीर घाइते। 


१९ जेठः बाजुराको बाँधु–९ को खहरे खोलामा आएको बाढीले घर भत्कँदा पाँच जनाको मृत्यु। 


२० जेठः बझ्ाङको स्याडी–९ का गगन विक र वृजित विकद्वारा आफ्नै छोराछोरी र श्रीमतीसहित सात जनाको हत्या। 


२२ जेठः नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस पल्टँदा सात जनाको मृत्यु। 


वैदेशिक रोजगार प्राधिकरण बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा र डा. राकेश पन्तको भीमफेदी जीप दुर्घटनामा मृत्यु। 

२३ जेठः मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ नेता शरतसिंह भण्डारी पार्टीबाट निष्काशित। 


२४ जेठः भरतपुर क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रोहित पालिवाल र भीमसेन पण्डितलाई १५ वर्ष तथा बद्री ढुंगाना, नवीन क्षेत्री, सुनील श्रेष्ठ र सुब्बा तामाङलाई १३ वर्ष जेल सजाय गर्ने जिल्ला अदालत चितवनको फैसला। 

२५ जेठः १५ वर्षदेखि जापानको जेलमा रहेका ४५ वर्षीय गोविन्दप्रसाद मैनालीको मुद्दा पुनः सुनुवाईको लागि टोकियो उच्च अदालतको फैसला। उनी जेलमुक्त भएका छन्। 

२६ जेठः सरकारविरुद्ध आन्दोलनरत नेपाली कांग्रेस र एमालेसहित २२ दलद्वारा राजधानीमा विरोधसभा। 


२७ जेठः राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको मुटुमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना। 


२८ जेठः मधेशी जनअधिकार फोरमका १० केन्द्रीय सदस्यद्वारा पार्टीमा सामूहिक राजीनामा। 

२९ जेठः अध्यादेशमार्फत अगाडि बढ्ने सरकारको प्रयासलाई निरुत्साहित गर्न राष्ट्रपति डा. रामवरण यादवलाई आग्रह गर्ने नेपाली कांग्रेस र एमालेको निर्णय। 

३० जेठः अभिनेतृ जेसिका (ज्योति) खड्का आफ्नै डेरामा मृत फेला। 

३१ जेठः २०६८ सालमा लिइएको एसएलसी परीक्षाको परिणाम प्रकाशित। नियमिततर्फ ४७.१६ प्रतिशत र आंशिकतर्फ १३.७० प्रतिशत उत्तीर्ण। यो उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। 

comments powered by Disqus

रमझम