११-१७ साउन २०७१ | 27 July - 2 August 2014

हेडस्पिन

Share:
  

नेपालमा हुने बी–बोइङ प्रतिस्पर्धामा भाग लिई नयाँदिल्ली र मुम्बईको प्रतिस्पर्धामा सहभागी भई रु.२५ हजार नगद पुरस्कार जित्ने मौका।

मितिः २५ साउन

स्थानः सेन्टजेभियर्स स्कूल जावलाखेल

प्रवेश शुल्कः रु.२५०

इम्प्रेशन

फोटोग्राफर प्रकाश प्रधानको फोटो प्रदर्शनी भइरहेछ।

स्थानः क्याफे मितिनी लाजिम्पाट (०१) ४००२०७०

समयः बिहान १० देखि साँझ ५ बजेसम्म

दि बटरफ्लाई होम प्रोजेक्ट

अर्थ संकलनका लागि प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकाले तयार पारेका चित्रकला प्रदर्शनीका साथै बिक्री हुँदैछ।

मितिः ३ र ४ भदौ

स्थानः सिटी म्यूजियम दरबारमार्ग

समयः बिहान ११ देखि साँझ ५ बजेसम्म

फ्ल्यागबियरर्स

ठूलो झण्डा बनाएर गिनिज बुकको वर्ल्ड रेकर्डमा नाम लेखाउन ३० हजार सहभागीमा तपाईं पनि आउन सक्नुहुनेछ।

स्थानः टुँडिखेल काठमाडौं

मितिः २४ साउन

समयः बिहान ६ देखि ९ बजेसम्म

बेष्ट क्लिक्स

ग्लोबल आईएमई ब्याङ्क नेपाल फोटो प्रतियोगिता २०१४ मा सहभागी भई पुरस्कृत तथा केही उत्कृष्ट फोटो प्रदर्शनी भइरहेको छ।

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल काठमाडौं

मितिः १२ साउनसम्म

समयः बिहान १० देखि साँझ ५ बजेसम्म

मुनामदन

नेपालमा सर्वाधिक बिक्री भएको खण्डकाव्य मुनामदनको प्रदर्शन भइरहेको छ।
स्थानः राष्ट्रिय नाचघर जमल

मितिः १५ साउनसम्म

प्रवेश शुल्कः रु.१००, रु.२००, रु.३०० र रु.५००

प्याराग्लाइडिङ

पोखराको लेकसाइडमा प्याराग्लाइडिङको मज्जा।

फोनः ०६१–४६१३७४/४६१८६९

चा चा चा

एक महीनामा सिकिने साल्सा नाच अब चार दिनमै।

प्रतिव्यक्ति रु.१ हजार, जोडीको रु.१ हजार ५००

सोमबारदेखि बिहीबारसम्म

समयः बिहान ७:३० देखि ८:३० सम्म

बेलुकी ६ बजेदेखि ७ बजेसम्म

स्थानः साल्सा डान्स एकेडेमी, भाटभटेनी

शास्त्रीय संगीत

हरेक पूर्णिमामा नेपाली शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३०

ब्याङ्कमा आर्ट ग्यालरी

अब स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क जानेहरुले पेन्टिङ पनि हेर्न पाउने छन्। यो ब्याङ्कले आफ्नो लाजिम्पाट शाखामा आर्ट ग्यालरी खोलेको छ। नेपालका लागि बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्कस्ले ७ साउनमा उद्घाटन गरेको ग्यालरीलाई 'दृष्टि' नाम दिइएको छ। 'दृष्टि' मा विभिन्न कलाकारले आफ्ना सिर्जना सजाउने स्थान पाउने छन्– एक पटकमा १५ दिनको लागि। अवलोकनकर्ताहरुले कलाकृति हेरेर अर्डर गर्न सक्नेछन्। कृति बिक्रीबाट प्राप्त रकमको केही प्रतिशत आँखा रोग विरुद्व ब्याङ्कले चलाएको 'सिइङ इज विलिभिङ' अभियानमा जानेछ।

comments powered by Disqus

रमझम