११-१७ साउन २०७१ | 27 July - 2 August 2014

सुगमकी सितारा

Share:
  
टरिगाउँ, दाङकी रीता केसी (२४) नेपाली सुगम संगीतमा जमेकी छन्।

पाँच वर्षदेखि गायनमा सक्रिय रीता अहिले पार्श्वगायनमा पनि जम्न थालेकी छन्। त्रिभुवन विश्वविद्यालयमा शास्त्रीय संगीतमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत उनले खुर्पा, घमण्ड, लडाईंको लाहुरे, बस्ती, वनझाँक्री, वीरताको चिनो, न्यू जेनेरेशन, राजभाइ, को छ र आफ्नो लगायतका दुई दर्जन चलचित्रमा गीत गाएकी छन्। दर्जनौं अल्बमका लागि फुटकर गीत गाएकी रीताको एकल अल्बम मन भने केही महीना पहिले बजारमा आएको थियो।

भोजपुरी, मैथिली र हिन्दीमा पनि गाइसकेकी रीता लोकदेखि पपसम्मका गीत गाउँछिन्। उनको विशेष रुचि भने आधुनिकमा छ। गत वर्षको राप्ती अवार्डमा सर्वोत्कृष्ट गायिका भएकी उनी आफ्नो पहिचान पनि सुगम संगीतमै भएको बताउँछिन्। स्टेज कार्यक्रमका लागि भारत, बहराइन, मलेशिया, दुबई लगायतका मुलुक पुगेकी रीता भन्छिन्, “मेरो संगीत 'करिअर'ले मीठो प्रतिफल दिन थालिसकेकाले साधना झन् महत्वपूर्ण भएको छ।”

शब्द/तस्वीरः ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम