१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

एक साथ तीन मिस नेपाल

Share:
  
- अनुशील
r1
 
तस्विर: सोहन श्रेष्ठ

२७ असोजको साँझ् धरानको निर्वाणा कन्ट्री क्लबमा आयोजित 'सिग्राम्स रोयल स्टाग फेशन ट्रेण्डस–२०१२' को र्‍याम्पमा तीन जना मिस नेपाल आकर्षणको केन्द्र बने। र्‍याम्पमा पहिलो मिस नेपाल रुवी राणा (सन् १९९४), सदीक्षा श्रेष्ठ (२०१०) र वर्तमान मिस नेपाल सृष्टि श्रेष्ठ डिजाइनर उत्तम बनेपाली सिर्जित पहिरनमा एकैसाथ प्रस्तुत भएका थिए। १७ वर्ष पहिलेकी मिस नेपाल रुवी र ताजमा आफ्नै उत्तराधिकारी सृष्टिसँगको पूर्व यात्रा तथा धरानको सहकार्यबाट आफूले धेरै कुरा सिक्न पाएको सदीक्षाले बताइन्। “रुवी दिदी अझै पनि उत्तिकै सुन्दर, सुसंस्कृत र उत्पे्ररक”, उनी भन्छिन्, “सृष्टि जहाँ गए पनि आमाबुबाको तस्वीर बोकेर हिंड्दी रहिछन्!” 

 

comments powered by Disqus

रमझम