१-३० कात्तिक २०६९ | 14 Oct- 15 Nov 2012

दीप र मिलन उत्कृष्ट

Share:
  
r4
 
 

२० असोजमा राजधानीमा आयोजित १४औं इमेज अवार्ड समारोहमा बादलहरू होे गीतबाट दीप श्रेष्ठ उत्कृष्ट गायक घोषित भए। यसैगरी, जुग बित्यो बोलको गीतबाट सरिता शाही सर्वोत्कृष्ट गायिका घोषित भइन्। नेपाली संगीतकर्मीका लागि महत्वपूर्ण मानिने यस अवार्डमा लाइफटाइम अभिचमेन्ट अवार्डबाट चलचित्रकर्मी तथा गीतकार यादव खरेल सम्मानित भए।  

इमेज च्यानल प्रा.लि.को आयोजनामा हुने २० विधाको यो अवार्डमा आनन्द राईको संगीत, महाराज थापाको संगीत संयोजन र श्यामश्वेत रसाइलीको गीत मुद्रण रहेको सबैलाई जित्ने बोलको गीत यी तीनवटै विधामा उत्कृष्ट ठहरियो। पप गायनतर्फ पुरुषमा उदेश श्रेष्ठ र महिलामा मिलन अमात्य सर्वोत्कृष्ट भए। वर्षको सर्वोत्कृष्ट अल्बमतर्फ जुनी जुनी २ का लागि सञ्जीवनी र नीलम आङबुहाङ राई विजयी भए। नवकलाकार विधाको अवार्ड गायक सन्तोष गुरुङले पाए।
comments powered by Disqus

रमझम