अस्वस्थ सौन्दर्य

Share:
  
सुनको अकासिंदो भाउले गर्दा अति लोकप्रिय नक्कली गहनाले स्वास्थ्यमा पार्ने असरप्रति कसैको ध्यान गएको छैन।
p51
 
मखनटोलस्थित शिव इम्पोरियम।
तस्वीर: ऋषिराम कट्टेल

एक तोला सुनको मूल्य रु.५० हजार नाघेपछि 'सुन भन्दा कम छैन, हराएमा डर छैन' भन्दै बजार पिटेका नक्कली गहनाले ग्राहकलाई जति 'राहत' दिएका छन्, व्यापारीलाई त्यत्तिकै लाभ। पछिल्लो समय यस्ता गहना कति लोकप्रिय बनेका छन् भन्ने कुरा काठमाडौं, मखनटोलस्थित शिव इम्पोरियमका सुनिल गुरुङको यो भनाइले नै बुझ्ाउँछः “तीन वर्षअघि यहाँ नक्कली गहनाका पसल तीन वटा मात्र थिए, अहिले २७ वटा छन्। उपत्यकाभरि ५०० नाघिसके।” 

नक्कली गहनाको कारोबार वर्षेनि २५ प्रतिशतले बढ्दै गएको र सक्कली गहनाको बजार ३० प्रतिशतले घटेको व्यापारीहरू बताउँछन्। चीन, थाइल्याण्ड, भारत आदि देशबाट आएका एक से एक बनिबनाउ गहना पाइने यस्ता पसलमा दशैं, तिहार र लगनका बेला खुट्टा राख्ने ठाउँ हुँदैन। टप, लकेट, औंठी, हार, मंगलसूत्र, चुरा, तिलहरी बढी बिक्री हुन्छन्। ६ महीनादेखि एक वर्षको वारेन्टी हुने सुन–चाँदीको जलप लगाइएका यस्ता गहनालाई साइज र डिजाइन अनुसार रु.२५० देखि रु.८००० पर्छ। सुरक्षाका कारण चिन्तित, कम आयस्रोत हुने र अचानक धेरै चाहिनेहरूले यस्ता गहना बढी रुचाउँछन्।  
 
p51a
 
 

नेपालमा नक्कली गहना बाहिरबाट कति भित्रिन्छन्, देशभित्रै कति बन्छन् र बाहिर कति निर्यात हुन्छन् भन्ने तथ्यांक पाईंदैन। व्यापारीहरूले आ–आफ्नो हिसाबले आयात–निर्यात गरिरहेका छन्। सस्तो र राम्रो खोज्ने ग्राहकहरूले गहनाको मापदण्डमा ध्यान दिने कुरै भएन, तर जनस्वास्थ्य तथा वातावरण प्रबर्द्धन केन्द्र (सेफड) र नेपाल वातावरण तथा वैज्ञानिक सेवा (नेस) ले गत वर्ष गरेको सुन–चाँदीका जलप लगाइएका ग्यारेन्टेड, ननग्यारेन्टेड र रंग गरिएका आंैठी, बाला, टप, हार आदिको नमूना परीक्षणमा मानव स्वास्थ्यको लागि अति हानिकारक सिसा (लिड) को अत्यधिक प्रयोग भएको भेटिएको थियो।  

सेफडका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार, नेपाली बजारमा बिक्री भइरहेका नक्कली गहनामध्ये कानमा लगाउने टपमा अमेरिकी मापदण्ड भन्दा २५८५, औंठीमा २०४१ र बालामा ७० गुणा बढी लिड प्रयोग भएको पाइएको छ जबकि अमेरिकी मापदण्डमा नक्कली गहनामा सिसा ३०० पीपीएम (१० लाखमा ३०० भाग) मात्र हुनुपर्छ। “गहनालाई डिजाइन अनुसारको आकार दिन र वजनदार बनाउन प्रयोग हुने लिडले मानिसको मस्तिष्क तथा स्नायु प्रणालीमा नराम्रो असर पुर्‍याउँछन्”, साह भन्छन्, “नेपालमा अनियन्त्रित रूपमा भइरहेको नक्कली गरगहनाको बिक्रीवितरण जनस्वास्थ्यको हिसाबले खतरनाक छ र त्यसो हुन नदिन सरकारले तत्काल गुणस्तर मापदण्ड लागू गर्नुपर्छ। 
 
मीना शर्मा

 

comments powered by Disqus

रमझम